नबिल बैंकद्वारा ३५.२६ प्रतिशत बोनस शेयर तथा लाभांश घोषणा



काठमाडौं । नबिल बैंकले आफ्ना शेयर सदस्यलाई ३५.२६ प्रतिशत शेयर तथा लाभांश घोषणा गरेको छ ।

बैंकको सोमाबर बसेको संचालक समितिको ५५२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७६/७७ को मुनाफामध्येबाट शेयरधनीलाई करसहितको कुल ३५.२६∞ लाभांश (३३.५∞बोनश शेयर अर्थात् १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६∞नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६ औं वार्षिक साधारण सभाको स्वीकृतिपश्चात् आवश्यक प्रक्रिया पुरा गरी बैंकका शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल१३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३८अर्ब पुर्याएको छ । बैंकको संचालन मुनाफा ५ अर्ब ९ करोड रहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विŒाीय क्षेत्रबाट ठूला करदाताहरु मध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ ।

यस बैंकले आधुनिकिकरणलाई आत्मसाथ गर्दै डिजी बैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ । नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी