आइएमई ग्रुपद्वारा भरोसा कोषको रकम वितरण गर्न सुरु



काठमाडौं । आइएमई ग्रुपले कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरेको भरोसा कोषको रकम वितरण गर्न सुरु गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आइएमइ ग्रुपका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र आइएमइ ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले आवदेकहरुलाई चेक हस्तान्तरण गरि कोषको रकम वितरण सुरु गरेका हुन् । कोषबाट आवदेकहरुलाई जनही ५० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरिएको छ ।

आइएमइ पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने व्यवस्था मिलाईएको कोषको सहयोग रकम पुस मसान्तसम्म हस्तान्तरण गर्ने लक्ष्य आइएमई ग्रुपले लिएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष ढकालले कोरोनाका कारण श्रमका लागि विदेश गएका धेरै नेपालीहरुको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा भएको महशुस गरि भरोसा कोष स्थापना गरिएको जानकारी दिए ।

त्यस्तै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले नेपालको अर्थतन्त्र धानिरहेको रेमिट्यान्स क्षेत्रलाई बलियो बनाउने श्रमिकहरुको कोरोनाका कारण निधन हुनुले राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको भन्दै आइएमई ग्रुपले आश्रित परिवारलाई सहयोग गरेको बताए । कार्यक्रममा आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोष कोरोनाले विदेशमा मृत्यु भएका श्रमिकका आफन्तहरुलाई मात्र पदान गरिने कार्यक्रम भएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो