हिमालयको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय यथास्थितिमा राख्न पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएका बारेमा जानकारी लिँदै अहिलेलाई उक्त निर्णय यथास्थितिमा राख्न निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले हिमालय एयरलाइन्सको प्राविधिक क्षमता, व्यावसायिक प्रस्ताव, जनशक्तिलगायत सम्पूर्ण कुराको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिएको बताइएको छ । मन्त्री भट्टराईले यस्ता संवेदनशील निर्णय गर्दा मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी गराएर मात्र गर्न पनि निर्देशन दिएका छन् ।

केही दिनयता हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । पर्यटनमन्त्री, सचिव र महानिर्देशकबीच भएको सो छलफलमा मन्त्री भट्टराईले मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ लिएका अरु कुनै एयरलाइन्स भए पनि तीनको ग्राउण्ड ह्याण्डलिङ सेवा पनि नेपाल एयरलाइन्सलाई दिन निर्देशन दिएका छन् ।

प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा ग्राउण्ड ह्याण्डलिङका लागि त्रिभुवन विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ अनुमति दिने सक्ने प्रावधान छ । हिमालय एयरलाइन्सको हप्तामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच प्राधिकरणले विज्ञप्ति जारी गर्दै हिमालय एयरलाइन्सलाई आफैँ गर्न पाउने ग्राउण्ड ह्याण्डलिङ अनुमति दिइएको विषयलाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।

ग्राउण्ड ह्याण्डलिङ निर्देशिको व्यवस्थाबमोजिम हिमालयले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधाका लागि गत चैत ७ गते निवेदन दिएको र प्राधिकरणको भदौ २८ को निर्णयअनुसार उक्त एयरलाइन्सलाई अनुमति प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । हिमालयबाहेक एयर एण्डिया र थाई एयरवेज इन्टरनेशनलले मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा प्राप्त गरेका छन् । प्राविधिकरणले हाल नेपालमा व्यावसायिक ग्राउण्ड ह्याण्डलिङको सेवा प्रदान गर्न नेपाल वायुसेवा निगमलाई मात्र अनुमति दिएको छ ।

विमानस्थल ग्राउन्ड ह्यान्डलिङको जिम्मा यति समूहको हिमालय एयरलाइन्सलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो