प्रतितोला २४ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौँ । बुधबार ६ हजार दुई सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने २४ सय रुपैयाँले बढेको छ । बिहीबार एकै दिन सुनको मुल्य तोलामा २४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै बिहीबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २९५ मा कारोबार भइरहेको छ । बुधबार चाँदीको मुल्य एक हजार २१० रुपैयाँ प्रति तोला रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले