पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । मंगलबार मध्यरातिदेखि लागू हुने गरी मूल्य बढाइएको हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमले जनाएको छ ।

भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा बढेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । मंगलबारको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढेको छ ।

खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ । पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चेम्बरका निवर्तमान अध्यक्ष मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ललाई विशिष्ट वाणिज्य सेवा

सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत

काठमाडौँ । कृषि सूचना तथा प्रशिक्षण केन्द्रले हालसम्म करिब ४७.७ प्रतिशत किसान सरकारी

गौशालामा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ संचालनमा

काठमाडौं । काठमाडौंको गौशाला पिंगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ औपचारिक रूपमा

सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै