सरकारसँग होटल व्यवसायी महासंघको १४ बुँदे माग



काठमाडौं । होटल व्यवासायीहरुले १४ बुँदे माग राख्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । साना होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । कोरोना भाइरसको महामारीका कारण सबै होटल बन्द भएका तर सरकारले साना होटललाई बेवास्ता गरेको भन्दै महासंघले विभिन्न १४ बुँदे माग राख्दै तत्काल पूरा गर्न सरकारसँग माग गरेको हो ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए । उनले यस्तो विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरु बीच विभेद गरेको भन्दै साना होटलहरुले विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न बिना शुल्क होटल दिन तयार रहँदा समेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको बताए ।

उनले विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्नसमेत माग गरेका छन् । महासंघले घरभाडामा ५० प्रतिशत छुट, घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत, बिजुली पानीको महशुलमा १ वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजश्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रित्तिँदै गएको गाउँमा साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती

बागलुङ (ढोरपाटन) । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका-१४ बलेवाका किसानले व्यावसायिक

उत्पादित कफी सहकारीले किनेपछि कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

‘अनुदान भन्दापनि प्रोत्साहन ठूलो रहेछ’

इलाम। इलामको सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा