दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्ने प्रवृत्ति अन्त्य हुनुपर्छः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको बताए । खतिवडाले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दवाव हेरेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठने बताए । उनले अबको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताए ।

नेपालको नवनिर्माणका सन्दर्भमा राज्यको पुनःसंरचना भएको, शासकीय प्रणालीमा नयाँपन तथा वित्तीय सङ्घीयताको कार्यान्वयन, सामाजिक र आर्थिक रुपान्तरणको योजना तय भएको र डिजिटल प्रणालीमा गएर सुशासनको अवधारणासमेत कार्यान्वयनमा गएकाले सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

सरकारले पछिल्लो चरणमा शुरु गरेको डिजिटल नेपाल संरचनाभित्र समावेश गरिएको उल्लेख गर्दै मन्त्री खतिवडाले ‘डिजिटल इकानोमी’सँगै आर्थिक, सामाजिक, पूर्वाधार विकास र उपभोक्ता हितका विषयमा समेत विद्युतीय प्रणालीबाट सेवा दिन लागिपर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महको पकेट क्षेत्रका किसानलाई मौरीघार वितरण

गण्डकी । पोखरा महानगरपालिका–१६ का किसानलाई अनुदानमा मौरीका घार वितरण गरिएको छ ।

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन

  गलकोट  । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६

भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३२ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला