सरोज खनालको निर्देशनमा ‘बगान’



काठमाडौं । अभिनेता सरोज खनालले ‘बगान’बाट सिनेमा निर्देशनमा डेब्यू गरेका छन् । आइतवार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा सिनेमाको औपचारिक निर्माण घोषणा गर्दै ‘इन्ट्रो टिजर’ र गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो ।

सिनेमामा सरोज खनालका अलवा नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, डेव्यु अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक ‘तिम्रो सुन्दर आँखा बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना तथा सुभाष भुसालको संगीत, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । रोमान्टिक गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र प्रमिला कार्कीलाई फिचर्ड गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ ।

सार्वजनिक गीतलाई सिनेमामा कथा वाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालले बताए ।निर्देशक खनालले आफ्नो जीवनकालमा सिनेमामा अभिनय गर्दा सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताएका छन् । उनले आफूले निर्देशन गरेको सिनेमाले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायाँकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ । नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा निर्माण भएको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर छन् । नेपालअघि नेपालीको बसोबास रहने विदेशका विभिन्न देशहरुमा सिनेमा प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।