‘फर्क राजा फर्क’(भिडियोसहित)



पछिल्लो समय सडकमा राजतन्त्र पुनःथापनाको माग गर्दै विभिन्न आन्दोलन भइरहेका बेला राजतन्त्रको माग गरिएको ‘फर्क राजा फर्क’ बोलको गीत सार्वजनिक भएको छ ।

अर्जुन खड्काको शब्द तथा संगीत रहेको गीतमा राजालाई भगवानको अवतारको रुपमा प्रस्तुत गरिएको छ । उक्त गीतमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजगद्दीमा फर्कन अनुरोध गरिएको छ । गीतमा तृप्ति खड्का, कृष्ण केसी, दीपिका बयम्बु, सूर्य विनायक, कालिका रोका, मोहन केसी, मिना अधिकारी, कुशल बेलबासे, अनुजा पुडासैनी र अर्जुन खड्काको संयुक्त स्वर सुन्न सकिन्छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा मौसमी मल्ल, राजाराम पौडेल, रमा थपलिया, गोविन्द राई लगायतको अभिनय देख्न सकिन्छ । साथै भिडियोमा राजतन्त्र फर्काउन भएका आन्दोलनका दृश्यहरु पनि समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा