दोहोरी साँझ सञ्चालनको अनुमति दिन कलाकारहरुको माग



काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकार तथा सरोकारवाला निकायले तत्काल दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले यसअघि पटक पटक आफूहरुको व्यवसाय सञ्चालनको लागि सरकार तथा सम्बन्धित सबैलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभएको कारणले संघर्षका कार्यक्रम अघि सार्न बाध्य भएको जनाएको हो ।

कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय पनि परेको समितिको गुनासो छ । दोहारी तथा रात्रिकालिन व्यवसायबाहेक अन्य व्यवसाय खुलाईएको तर यो क्षेत्र खुलाउनको लागि सरकारले कुनै चासो नदेखाएको समितिले आरोप लगाएको छ ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी व्यवसायी संघका अध्यक्ष रिम क्षेत्रीले पनि दोहारी तथा रात्रिकालिन व्यवसाय तत्काल खुलाउनुपर्नेमा भन्दै समयमा नै आफूहरुको माग नसुने आन्दोलन गर्ने चेतावनी दिए ।

त्यस्तै संघकी उपाध्यक्ष सरु थापाले कोरोनाका कारण आफूहरुको व्यवसाय धरासायी भएको भन्दै सरकारले आफूहरुको जायज माग पुरा गर्नुपर्ने बताइन् । त्यस्तै, नेपाल संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कार्कीले दोहारी तथा रात्रिकालिन व्यवसाय कलाकार सम्बन्धित व्यवसाय भएकोले सरकारले समितिले अघि सारेका माग र गरेको आग्रहलाई आत्मसात् गर्दै तत्काल व्यवसाय खुलाउनुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा