राजा राजेन्द्र पोखरेलको ‘पिरतीको चस्मा’(भिडियोसहित)



चर्चित हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वरमा रहेको गीत ‘पिरतीको चस्मा’ सार्वजनिक भएको छ । टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजुबाबु श्रेष्ठको शब्द राजनराज शिवाकोटीको सङ्गीत तथा राजन इशानको सङ्गीत संयोजन रहेको गीत राजा राजेन्द्रले गाएका छन् । स्थापित सांगीतिक हस्तीहरु साथमा राजा राजेन्द्रले आफूलाई शसक्त रुपमा प्रस्तुत गरेका छन् ।

“पिरतीको चस्मा” गीतको भिडियोमा माइकल चन्दको निर्देशन छ । भिडियोको सम्पादन विकास दाहालले गरेका छन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् । गीतमा जीतु नेपाल, समारिका, स्मारिका ढकालका साथमा प्रथम खड्का, कमेडी च्याम्पियनका सुमन कार्की, प्रभात लामालगायतकाको अभिनय रहेको छ । पिरतीको चश्मा बोलको गीतको भिडियो राजाराजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ