राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमबाट पठनसीपमा सुधार



काठमाडौं । विद्यार्थीको सिकाइमा केन्द्रित भई शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ पाँच वर्षअघि शुरु गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले सिकाइको दायरा फराकिलो भएको छ ।

कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइ सीपको विकासका जोड दिएको सो परियोजनाको सन् २०१८ मा गरिएको मध्यावधि मूल्याङ्कनअनुसार उक्त तहका बालबालिकाको पठनसीप र बोध क्षमतामा राम्रो सुधार भएको जनाइएको छ ।

पाँचवर्षे परियोजनाबारे मन्त्रालयले दातृ निकायका प्रतिनिधिसहित सरोकार पक्षसँग गरेको तीनदिने छलफल कार्यक्रमको पहिलो दिन आज यसका उपलब्धिबारे अवगत गराइएको हो ।

विसं २०७२ मा अमेरिकी सहायता नियोग युएसएआइडी नेपालको प्राविधिक सहयोगमा सञ्चालित सो परियोजना १६ जिल्लाबाट शुरु भई हाल तेस्रो चरणमा मुलुकका ३५ जिल्लामा विस्तार भएको छ ।

चौथो चरणमा ७७ वटै जिल्लामा विस्तार गर्ने लक्ष्य छ । छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको जनाउँदै उक्त परियोजनाले बालबालिकाको पढाइ क्रियाकलापमा सहयोग गरेको पाउँदा खुशी लागेको बताइन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले परियोजनाले उच्चशिक्षाका लागि दरिलो जग खडा गरेको उल्लेख गर्दै बालबालिका रमाउँदै पढ्दै गर्ने राम्रो अभ्यासको थालनी भएको बताए ।

विद्यालय क्षेत्र सुधार कार्यक्रमको एक अङ्गका रुपमा लिइएको परियोजनाले सामुदायिक विद्यालयको सक्षमता र गुणस्तर सुधार गर्न प्राथमिकता दिएको मन्त्रालयका सहसचिव डा तुल्सीप्रसाद थपलियाले जानकारी दिए ।

पाँच वर्षमा कूल ७१ मिलियन अमेरिकी डलरमध्ये २५ मिलियन युएसएआइडीले र बाँकी नेपाल सरकार तथा विद्यालय क्षेत्र विकास कार्यक्रमको पुलिङ विकास साझेदारले व्यहोर्ने उल्लेख छ । शिक्षामा कार्यरत नागरिक समाजका प्रतिनिधिले भने यस्ता परियोजना सञ्चालन गर्दा स्थानीय तह र समुदाय तथा सबै पक्षलाई परिचालन गर्न र परियोजनाका सबै विवरण पारदर्शी गर्न माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

म्याग्दी। विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस

त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष