हिमालयन ह्वाइट हाउस र चाटर्ड एकाउन्टेन्ट संघबीच संस्थागत पारस्परिकता सम्बन्धी समझदारीमा हस्ताक्षर
काठमाडौं । हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल कलेज र नेपाल चाटर्ड एकाउन्टेन्ट संघबीच संस्थागत पारस्परिकता सम्बन्धी समझदारी गरिएको छ । असोज २१ गते गरिएको समझदारी अनुसार यी दुई संस्थाले सामाजिक संजाल र वेभसाइटमा एक अर्काको स्थान लिने र दिने गर्नेछन् । त्यस्तै लोगो समेत राख्नेछन् ।
समझदारी अनुुसार ह्वाईट हाउस कलेजले संघका सदस्यहरुको ५ लाख रुपैयाँ लाग्ने एमविए कोर्षका लागि २५ प्रतिशत छुट दिनेछ । यसैगरी इमविए अध्ययनका लागि ४ लाख रुपैयाँ लाग्ने शुल्कमा ३० प्रतिशत छुट दिएर २ लाख ८० हजारमा पढाउने कुरा समझदारीमा उल्लेख गरिएको छ । संघका सदस्यको आश्रित परिवारलाई पनि छुट दिएर अध्ययन गराउने विषयमा दुई संस्थाबीच समझदारी भएको छ ।
जसमा संघका आश्रित परिवारले विविएमा ४० प्रतिशत, विएचएममा २५ प्रतिशत, विई सिभिलमा २५ प्रतिशत र विटेकमा ३० प्रतिशतसम्म छुट लिएर हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल कलेजमा अध्ययन गर्न पाउनेछन । तर यो छुटका लागि भने कोटा निर्धारण गरिएको छ ।
शुरुमा दुई वर्षका लागि गरिएको समझदारीमा संघकातर्फवाट अध्यक्ष आनन्दराज शर्मा वाग्ले र कलेजकातर्फवाट म्यानेजिङ डाइरेक्टर शिवप्रसाद शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा साक्षीको रुपमा संघकातर्फबाट निवर्तमान अध्यक्ष हरिकुमार सिलवाल र कलेजकातर्फवाट एकेडेमिक डाइरेक्टर तोयानारायण पौडेलले हस्ताक्षर गरेका छन् ।
कोभिड १९ को महामारीसँगै शिक्षा क्षेत्रमा बढेको अन्यौलता र महंगीको अवस्थामा संघ र कलेज बीचमा भएको उल्लेखित समझदारीबाट दुबै पक्षले आपसी हित प्राप्त गर्ने अपेक्षा गरिएको छ ।