शिक्षा ऐन साविकको उच्चमाविमा अध्यापनरत शिक्षकलाई सम्बोधन गर्ने गरी ल्याउन हिस्टुनको माग



काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षा ऐन साविकको उच्च माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिस्टुनले साविकको उमाविक शिक्षक र शिक्षाको भविष्य ऐनमाथि नै निर्भर रहेकाले ती शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको हो ।

उमावि तहको स्वीकृत दरबन्दीको शिक्षक पदलाई ऐन लागू नहुँदासम्म मावि द्वितिय श्रेणीमा एक पटकका लागि उमेर हद नलाग्ने गरी शिक्षक सेवा आयोगले विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने माग हिस्टुनले गरेको छ ।

त्यसैगरी उमावि शिक्षकहरुको स्थायी पदका लागि खुलाइएको विज्ञापनमा दर्खास्त नदिएका वा दिएर पनि आयोगले नियुक्तिका लागि सिफारिस नगरका शिक्षकलाई स्थायी पदपूर्ति नभएसम्मका लागि तोकिए बमोजिमको सुविधा दिनुपर्ने माग पनि युनियनले राखेको दीपकराज सुवेदीले बताए ।

हिस्टुनले महाश्रम शर्माको अध्यक्षतामा गठित दरबन्दी पुर्नवितरण सुझाव कार्यदलकै प्रतिवेदन अनुसार साविक उमावि तहमा ७ हजार ८०५ थप दरबन्दी सिर्जना गरी जेष्ठताका आधारमा शिक्षकहरुलाई पदस्थापनाका साथै विशेष सुविधा सहित स्थायी प्रकृयामा लानुपर्ने माग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कलेजले सही सूचना नदिँदा प्रवेश परीक्षाबाट विद्यार्थी बञ्चित

काठमाडौँ । काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा

साल्पासिलिछो गाउँपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान

भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान

घट्दो जनसङ्ख्या र बढ्दो बसाइसराइँले सयभन्दा कम विद्यार्थी भएका विद्यालय सङ्ख्या बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । घट्दो जनसङ्ख्या, बढ्दो बसाइसराइँ र सहरी क्षेत्रमा निजी विद्यालयको

एसइई सकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’

काठमाडौं । ‘तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ ।