यातायातका तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजस्व रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीहरुबाट संकलित राजस्व प्रचलित कानून वमोजिम सम्वन्धित राजस्व खातामा दाखिला नगरी, नगराई राजस्व रकम हिनामिना गरी आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्याउने काम गरेको भन्दै आयोगले आइतबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागदाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित

काठमाडौं । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा

एकता प्रेसका संचालक शिवाकोटीका हत्या आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले १७ वर्षअघि काठमाडौंको पुतलीसडकमा भएको हत्याका अभियुक्तलाई पक्राउ गरेको छ

बैंकको २१ लाख ७० हजार रुपैयाँ लुटपाटमा संलग्न तीनजना सार्वजनिक

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकमा यही असोज २५

यात्रुसँग बढी भाडा लिन खोज्ने ९ जना पक्राउ

काठमाडौं । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९