के हुन्छ सबै किरा-फट्याङ्ग्रा हराए भने ?



किराहरू तपाईँको वरपर भुन्भुनाएको वा खानेकुरामा आएर खस्यो भने तपाईँलाई रिस उठ्न सक्छ। तर तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ किनभने तिनीहरूको सङ्ख्या विश्वभर नै नराम्ररी घट्ने क्रममा छ।

हाम्रो पर्यावरणको संरक्षण गर्नका लागि र खानेकुरा उत्पादन गर्न किरा-फट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका हुन्छ।

“हामीले संसारबाट सबै किरा-फट्याङ्ग्रालाई हटायौँ भने हामी पनि मर्छौँ,” लण्डनको न्याचुरल हिस्ट्री म्यूजियमका वरिष्ठ क्यूरेटर इरिका मक्यालिस्टरले बीबीसीको क्राउड साइन्स कार्यक्रमलाई भनिन्।

‘हामी पनि मर्छौँ’

किरा-फट्याङ्ग्राले जैविक संरचनालाई भत्काउँछन् जसका कारण सड्ने प्रक्रियाले गति पाउँछ। यसले माटोलाई पुनःपूर्ति गर्न मद्दत गर्छ।

“यदि किरा-फट्याङ्ग्रा नहुने हो भने… त्यो एकदमै अप्रिय हुन्छ। किराहरू बिना हामी फोहोर वस्तुमा पौडिरहेका हुन्थ्यौँ वा मरेका जनावर जताततै भएको ठाउँमा हुन्थ्यौँ,” मक्यालिस्टरले भनिन्। उनीहरू चरा, चमेरा र साना स्तनधारीका आहारा पनि हुन्।

“जनावर, चरा वा माछाको करिब ६० प्रतिशत खाना किराहरूमै निर्भर हुन्छन्। त्यसैले किराहरू नभए चरा, चमेरा, भ्यागुता र माछा पनि हराउँछन्,” युनिभर्सिटी अफ सिड्नीका फ्रान्सिस्को सान्चेथ बायोले भन्छन्।

“पोषक तत्वको पुनरावृत्ति हुने काम धेरै हदसम्म जमिनमुनि रहेका लाखौँ किराको गतिविधिमा भर पर्छ।”

सित्तैको सेवा

अन्य जीव र जनावरलाई खानेकुराको स्रोत बन्नुबाहेक किराले अर्को एउटा महत्त्वपूर्ण सेवा पनि दिन्छ। त्यो सेवा भनेको परागसेचन गर्ने काम हो जसले खानेकुरा उत्पादनका लागि मुख्य भूमिका खेल्छ।

किराहरूले दिने यो सित्तैको सेवाले मानव जातिलाई ३५० अर्ब डलर बराबरको फाइदा पुर्‍याउने एक अध्ययनले देखाएको छ।

“परागसेचन गर्ने काम धेरैजसो फूल फुल्ने बिरुवाको लागि आवश्यक पर्छ। हामीले उत्पादन गर्ने ७५ प्रतिशत अनाजको बिरुवा पनि यसमा पर्छ,” सान्चेथ-बायोले भने।

तर पनि हामीले किरा-फट्याङ्ग्राबाट पाउने यस्तो फाइदाको बेवास्ता गर्छौँ। धेरै देशमा माहुरीजस्ता परागसेचन गर्ने किराहरूको सङ्ख्या घटेको छ।

मोनार्क जस्ता पुतलीका प्रजातिहरू जसले जङ्गली फूलहरूमा पराग सेचन गर्छन् तिनीहरू पनि घट्ने क्रममा छन्। हामी यो समस्यालाई ढिलो नहुँदै बेवास्ता गर्ने खतरामा छौँ किनभने हामी तिनीहरूलाई मार्न खोजिरहेका हुन्छौँ।

ठूलो सङ्ख्या

किरा फट्याङ्ग्राको संसार हामी धेरैजसोलाई निकै ठूलो लाग्छ। अमेरिकाको स्मिथसोनियन इन्स्टिट्यूसनका अनुसार मानवहरूको भन्दा किराहरूको सङ्ख्या १७ गुणाले बढी हुन्छ।

उक्त संस्थाका अनुसार एक समयमा १० क्विन्टिलियन किराहरू पृथ्वीमा भेटिन्छ। एक क्विन्टिलियन भनेको अमेरिकी अङ्ग्रेजीमा एक अर्ब अर्ब हो।

कति प्रजातिका किराहरू पाइन्छ भन्नेमा सहमत हुन संरक्षणविद्हरू नै बाँकी छ तर त्यो करिब २० लाखदेखि ३ करोडसम्म छ। स्मिथसोनियन संस्थाका अनुसार केवल ९ लाख विभिन्न प्रजातिका किराहरू मात्रै हामीलाई थाहा छ।

तर त्यसले विश्वको करिब ८० प्रतिशत प्रजातिलाई मात्रै प्रतिनिधित्व गर्छ। किराहरूलाई न उनीहरूको ठूलो सङ्ख्याले न नै जैविक विविधताले उनीहरूलाई सामुहिक विनाशबाट जोगाउन सकेको छ।

ठूलो सङ्ख्यामा घट्दै

सन् २०१७ मा गरिएको एक अध्ययनले जर्मनीको ६० वटा संरक्षित क्षेत्रमा करिब ३० वर्षमा उड्ने किराको सङ्ख्या ७५ प्रतिशत भन्दा बढीले घटेको छ। प्वेर्टो रिकोमा चार दशकमा किराको सङ्ख्यामा ९८ प्रतिशतले कमी आएको एउटा अध्ययनले पत्ता लगाएको छ। यो दरमा थुप्रै किराहरू चाँडै हराउन सक्छन्।

“अहिलेको अवस्थामा सुधार नल्याए एक शताब्दीमा हामीले किराका धेरै प्रजातिहरू हराएको देख्नेछौँ,” सान्चेथ बायोले भन्छन्। रासायनिक विषादीको बढ्दो प्रयोग र जलवायु परिवर्तनका कारण पनि किराहरूको सङ्ख्यामा कमी आइरहेको छ।

किराको संरक्षण

वैज्ञानिकहरू सुधार गर्ने समय बाँकी रहेको बताउँछन्। “खेत वरपर रुखहरू रोपेर वा किरालाई झाडी उपलब्ध गराएर, खतरनाक विषादीहरूलाई बजारबाट हटाएर र जलवायु परिवर्तनमा असर पुर्‍याउने कार्बन उत्सर्जन घटाउने नीतिहरू अपनाएर यसो गर्न सकिन्छ,” सान्चेथ बायोले भने।

उनले मानिसहरूले आफूले अर्गानिक खानेकुरामात्रै खाएर पनि घट्दै गएको किराको कमीलाई रोक्न मद्दत गर्ने बताए।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिब्रो छेड्ने जात्रा तस्बिरमा

  भक्तपुर   ।  बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का

बिस्केट जात्रामा तानियो भैरवनाथको रथ(फोटोफिचर)

काठमाडौं । ऐतिहासिक एवं साँस्कृतिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा मंगलबारदेखि सुरु

जोखिममा चर्चको अर्बौंको सम्पत्ति

अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र

हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम

बझाङ । आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो । मडारिएको बादल देख्यो