साहित्य

अक्सिजन माग तिमी,बेसार-पानी दिन्छु म…

मान विना सन्देह,विना प्रश्न जे भन्छु म हुनेछ सब ठिकठाक इहलाेकमा। अक्सिजन माग तिमी,बेसार-पानी दिन्छु म आइसीयु माग तिमी,अम्बापात दिन्छु म र भन्छु म- मिथ्या हुन् यी सब अक्सिजन,आइसीयु र भेन्टिलेटर सत्य हाे केवल पावन रामनाम ठाेरीवासी मेरा अप्रतीम भगवान्।