साउदीका होटलमा अविवाहिता महिलाले कोठा लिन पाउने



साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको छ ।
.
कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ । तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले अर्थतन्त्रलाई विविधिकरण गर्ने उपायस्वरुप पर्यटन प्रबद्र्धनलाई अघि सार्नुभएको छ ।

साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएको छ ।

विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटल समक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो । साउदी अरेबियाले अहिले नयाँ भिसा नियम सार्वजनिक गरेको हो । पहिला साउदी अरेबिया जानु अघि नै उनीहरुले भिसा आवेदन दिँदा विवाहित भएको कागज पेश गर्नुपर्ने बाध्यता रहेको थियो ।

तर विदेशी महिलाले मर्या्दित कपडा लगाउनुपर्ने तथा रक्सी अझै प्रतिबन्धित रहेको जनाएको छ । साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा मुलुकका केही कानुनमा सुधार गरी पर्यटन प्रबद्र्धनमुखी नीतिहरु अघि ल्याउने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने युवाको प्रयास

म्याग्दी । आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको

ज्वाइँ–जेठानले स्वदेशमै देखेको अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो ।

तरकारी खेतीले फेरिएको जिन्दगी

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तर