पेरुमा संसदद्वारा राष्ट्रपति निलम्बित



पेरुका राष्ट्रपति मार्टिन भिजकाराले संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन् । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गरेका हुन् ।

राष्ट्रपति भिजकाराले संसदले भ्रष्टाचार रोक्न ल्याइएका सुधारका कार्यमा अवरोध गरेको तथा सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको छनौटको विधि परिवर्तन गर्न नचाहेको भन्दै संसदको आलोचना गरिरहेका थिए ।

यी दुई विषयलाई लिएर राष्ट्रपति र संसदबीच लामो समयदेखि विवाद र असमझदारी रहेको छ । टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेको केहीपछि नै संसदले राष्ट्रपतिलाई नै एक वर्षका लागि निलम्बित गर्नेगरी मतदान गरेको थियो ।

राष्ट्रपतिमा नैतिक अक्षमता रहेको भन्दै संसदले उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुखमा मनोनयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्चित फ्रान्सेली लेखक लापियरेको निधन

फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उनी ९१ बर्षका थिए ।

मालीमा सेनाको कारबाहीमा ६६ आतङ्कवादीको मृत्यु

मालीमा गत नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतङ्ककारी मारिएका बताइएको छ

नयाँ दिल्लीमा वायु प्रदुषणको स्तर ‘गम्भीर’ तहमा

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ ।

बङ्गलादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा

उच्च स्तरको वायु प्रदूषणको सम्पर्कमा आउँदा बङ्गलादेशमा बसोबास गर्दै आएका लाखौँ मानिस यसबाट