कब्जामा लिइएको ब्रिटिश ट्याङ्कर इरानद्वारा फिर्ता



जुलाइमा इरानले कब्जामा लिएको ब्रिटिश ध्वजाबाहक ट्याङ्करलाई दुई महिनापछि तेहरानले छाडिदिएको छ। स्टेना इम्पेरो नामक स्विडिश स्वामित्वको पानीजहाज अन्तर्राष्ट्रिय जलक्षेत्रमा पुगिसकेको र दुबइतर्फ लागेको बताइएको छ।

जिब्राल्टरमा ब्रिटिश नौसैनिकको मद्दतमा एक इरानी ट्याङ्कर कब्जामा लिइएको दुई सातापछि सो पानीजहाजलाई इरानले कब्जा गरेको थियो।

इरानले उक्त ब्रिटिस ट्याङ्करले अन्तर्राष्ट्रिय सामुद्रीक नियम तोडेको हुनाले कब्जामा लिएको बताएको थियो।

तर ब्रिटेनले भने इरानी ट्याङ्कर कब्जामा लिइएकाले बदलास्वरूप दबाव दिन उसको जहाजलाई समातिएको आरोप लगाएको थियो।

सो जहाजलाई स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानी फौजले कब्जामा लिएको थियो।

पानीजहाजको स्वामित्व गर्ने स्वीडिस कम्पनीका प्रमुखका अनुसार त्यसमा सवार चालक दलका सदस्यहरूलाई दुबइमा सोधपुछ गरेर स्वास्थ्यउपचार गरिनेछ।

नजानिन जगारी र्‍याटक्लीफ नामक ब्रिटिश महिलालाई गलत आरोपमा तेहरानले पक्राउ गरिराखेको सन्दर्भमा पनि दुई देशबीच विवाद छ।

अनि विगतमा बेच्छु भनेर पैसा लिइसकेपनि ट्याङ्क तेहरानलाई हस्तान्तरण नगरेको विवाद पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड–१९ सँग सम्बन्धित जटिलताका कारण निधन भएको छ

पाँच हजार भन्दा बढी बन्दी रिहा गर्ने म्यान्मार सरकारको घोषणा

म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा

संयुक्त राष्ट्रसंघद्वारा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा भएको युद्धविरामको स्वागत

संयुक्त राष्ट्रसंघले सेन्ट्रल अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको

वर्षा र बाढीबाट भारतमा मृत्यु हुनेको संख्या २२ पुग्यो

भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको