चीनको ७० औँ वार्षिक उत्सव सुरु, परेवा र प्रोपोगाण्डामाथि प्रतिबन्ध



केहीदिनभित्रै चीनले आफ्नो ७० औँ वार्षिकोत्सव मनाउँदैछ। विगतका दशकमा कहिल्यै नदेखिएको स्तरमा उसले विभिन्न उत्सवहरू गरेर मनाउने तयारी गरेको छ।

बेइजिङले अक्टोबर १ तारिखमा आतिसबाजी र ठूलो सैन्य परेड गर्नेछ। उक्त कार्यक्रमहरूमा कुनै बाधा नपुगोस् भन्नका लागि सुरक्षा निकायहरूलाई हप्तौँदेखि खटाइएको छ।

तर हङकङमा प्रदर्शन हुने ठानिएकोले ती गतिविधिको छायाँ यहाँ पर्न सक्छ।अहिलेको आधुनिक चीनको घोषणा सन् १९४९ को अक्टोबर एक तारिखमा भएको थियो।

विश्वयुद्ध दुईपछि भएको जनयुद्धमा माओ जेदोङले विजय प्राप्त गरेपछि आधुनिक चीनको जन्म भएको घोषणा गरिएको थियो।

प्रत्येक वर्ष अक्टोबर महिनामा यो दिवस मनाइने भए पनि यो वर्ष मनाउन लागिएको वार्षिकोत्सवले विगतका वर्षका कार्यक्रमहरूलाई ओझेलमा पार्ने ठानिएको छ।

चीन विश्वव्यापी शक्तिका रुपमा उदाएपछि हुन लागेको यो ठूलो उत्सव हो।

१० वर्षअघि चीन शक्तिराष्ट्र बन्ने तरखरमा थियो भने अहिले ऊ विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो। अहिले चीन झण्डैझण्डै अमेरिकासँगको स्तरमा पुगेको छ।

वार्षिकोत्सवको मुख्य कार्यक्रम राजधानी बेइजिङमा हुनेछ। त्यहाँ अत्याधुनिक हतियारको प्रदर्शनीसहित एउटा बृहत् सैन्य परेड हुनेछ।

माओपछिका शक्तिशाली चिनियाँ नेता मानिने राष्ट्रपति सि जिनपिङले उक्त कार्यक्रममा सम्बोधन गर्नेछन्।

उक्त सम्बोधनमा चीनले पछिल्ला वर्षमा द्रूत गतिमा गरेको आर्थिक वृद्धिबारे बोल्ने ठानिएको छ।

अबका वर्षहरूमा देश कता तिर जाँदैछ भन्ने सङ्केत गर्ने विषयमा उनले के बोल्छन् भन्ने विषयलाई पनि नजिकबाट हेरिने ठानिएको छ।

देशलाई योगदान पुर्‍याउनेहरूलाई राष्ट्रपतिले सम्मान पनि गर्ने कार्यक्रम छ।र त्यही साँझ त्यहाँ एउटा भव्य उत्सव मनाइनेछ र आतिसबाजी गरिनेछ।

सबै उत्सवहरूको निकै व्यवस्थित र सावधानीपूर्वक तयारी गरिएको छ र यसको सफलता खासगरी सरकारका लागि निकै महत्त्वपूर्ण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भएपनि दुई

नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा मृत्यु हुनेको संख्या एक सय ७० पुग्यो

  नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७०

बर्डफ्लूबाट मोन्टेभिडियोमा चार सय जलचरको मृत्यु

  बर्ड फ्लू लागेर उरुग्वेको  समुद्री तटमा चार सयभन्दा बढी सिल र सि

वम विष्फोटमा परी पाकिस्तानमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको एउटा विस्फोटनमा परी मृत्यु हुनेको संख्या ५२ पुगेको छ