एयरबस कम्पनीमाथि शृङ्खलाबद्ध साइबर आक्रमण



युरोपको हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृङ्खलाबद्ध साइबर आक्रमण गरेका कम्पनीले जनाएको छ ।

आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए । एयरबसका सुरक्षा विज्ञहरुका अनुसार आक्रमणकारीहरु चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ह्याकिङका बारेमा अनुसन्धानरत दुई जना सुरक्षा विज्ञहरुले एयरबसमाथि १२ महिनाको अवधिमा चार पटक आक्रमणको प्रयास भएको बताएका छन् ।

तर एयरबसको सुरक्षा प्रबन्ध निकै शक्तिशाली र अद्यावधिक रहेका कारण ह्याकरहरु कम्पनीको मुख्य प्रणालीमा प्रवेश गर्न नसकेको एयरबसले जनाएको छ । एयरबसले आममानिसका लागि विमान निर्माण गर्नुका साथै सैनिक प्रयोजनका सामग्री पनि बनाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा युद्धविराम अस्वीकार

डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भएपनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले

बिहारमा आँधीबाट ३३ जनाको मृत्यु

भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको

बुर्किनाफासोमा सुरक्षा कारबाहीमा ३० विद्रोहीको मृत्यु

बुर्किनाफासोको उत्तरी क्षेत्रमा अवस्थित बाम प्रान्तमा भएको सैनिक कारबाहीमा परी कम्तीमा पनि ३०

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनद्वारा हार स्वीकार

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार