बेलायती टूर कम्पनी थोमस कूक टाट पल्टियो



बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ ।

कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ । बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ ।

बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कूकले आफ्नो व्यवसाय रोकेको जनाएको छ । यस कम्पनीका चार वटा विमान ग्राउन्डेड गरिएका छन् ।

विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारीको जागिर पनि समाप्त भएको छ जसमा नौ हजार बेलायती नागरिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाइल्यान्डमा अभ्यासका क्रममा जहाज दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु

बैंकक । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो

केन्यामा बढ्दो महिला हत्याप्रति न्याय प्रणालीको चर्को आलोचना

नैरोबी । दुई वर्षअघि चर्चित केन्याली एथलेटिक्स खेलाडी एग्नेस टिरोपको निधनपछि दोषी ठहरिएका

नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि

ब्रसेल्स । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल

‘विनफास्ट’को विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

हनोई । भियतनामको विद्युतीय गाडी निर्माता ’विनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको