मुशर्रफलाई मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति



आफ्ना पूर्वप्रमुख परवेज मुशर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तानको सेना उनको पक्षमा उभिएको छ।

इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मुशर्रफलाई मृत्युदण्ड दिने फैसला मङ्गलवार गरेको थियो।

मुख्य न्यायाधीशसहित तीन सदस्यीय इजलासले बहुमतको आधारमा उक्त निर्णय सुनाएको थियो। पाकिस्तानी सेनाले त्यसप्रति दुःख व्यक्त गरेको छ।

सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले विज्ञप्ति जारी गर्दै भनेका छन्, जनरल परवेज मुशर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको छ।

पूर्वराष्ट्रपति समेत रहेका जनरल मुशर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले संविधानको उपेक्षा गरेको सेनाको भनाइ छ।

प्रवक्ता गफूरले भनेका छन्, “जुन व्यक्तिले देशको रक्षाको लडाइँ लड्यो त्यो कहिल्यै देशद्रोही हुन सक्दैन। अदालतमा आफ्नो बचाउन गर्ने अवसर पनि दिइएन जुनकि आधारभूत अधिकार हो। ठोस सुनुवाई नगरेरै हतारमा फैसला सुनाइयो।”

पाकिस्तानको इतिहासमा कुनै पनि पूर्वसेना प्रमुखलाई देशद्रोहमा दोषी ठहर्‍याइएको यो पहिलो पटक हो। मुद्दा चल्दाचल्दै सन् २०१६ मार्च महिनामा यूएईको दुबई गएका उनको त्यहीँ उपचार भइरहेको छ।

उनको समूहले फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ। उसले पनि यो फैसला सदर गरेमा राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै मृत्युदण्डको सजाय माफ गर्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही