सरकार विरुद्ध प्रदर्शनका कारण हङकङमा रेल सेवा अवरुद्ध



हङकङ सरकार विरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुका कारण आज बिहानदेखि रेल सेवा अवरुद्ध भएको छ ।

सुपुदर्गी विधेयक विरुद्ध चार महिना पहिला सुरु भएको आन्दोलनले अहिले उग्ररुप लिँदै गएपछि सरकारले शुक्रवार हङकङमा मास्क लगाएर हिँड्न प्रतिबन्ध लगाएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि सरकारले विधेयक फिर्ता लिएपनि आन्दोलन रोकिएको छैन ।

शुक्रवार भएको प्रदर्शनमा मास्कधारी प्रदर्शनकारीको खुट्टामा प्रहरीले चलाएको गोली लागेपछि हङकङको अवस्था थप तनावपूर्ण बन्दै गएको हो। प्रदर्शनकारीहरुले मास्क नलगाउन सरकारले जारी गरेको सूचना अवज्ञा गर्न समेत आह्वान गरेका छन् ।

मास्कधारी प्रदर्शनकारीहरुले केही महिनायता हङकङका राजमार्ग र विमानस्थल कब्जामा लिएर प्रदर्शन गर्दै आएका छन् । यस्तै उनीहरुले प्रहरीमाथि नै पेट्रोल बम प्रहार गर्दै आएका थिए । रेल सेवा ठप्प हुँदा सुपरमार्केट र बैंकहरु समेत बन्द हुन पुगेको बताइएको छ । हवाइ सेवा समेत प्रभावित हुनसक्ने अवस्था सिर्जना भएको छ ।

चार महिनाअघि हङकङ सरकारले संसदमा मेनल्यान्ड चाइनामा अभियुक्तहरुलाई सजिलै सुपुर्दगी गर्ने कानुन प्रस्ताव गरेको थियो। आन्दोलनमा चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुको बाहुल्यता रहेको छ ।

हाल प्रदर्शनरत पक्षलाई ’आतंकवाद’ सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने, चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचालन हुन सक्ने चेतावनी दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन