ल्यान्डमाइनबारे आमा डायनाको पदचिह्न पछ्याउँदै राजकुमार ह्यारी



सन् १९९७ मा राजकुमारी डायना घातक ल्यान्डमाइनहरू छरपस्ट भएका एङ्गोलाको एउटा मैदानमा हिँडिन्। त्यो तस्बिर विश्वभरि चर्चित बन्यो।

दक्षिणी अफ्रिकाको आफ्नो भ्रमणका क्रममा राजकुमार ह्यारीले पनि ल्यान्डमाइन अर्थात् जमिनमुनि बिछ्याइएको विस्फोटक पदार्थ हटाउन र नष्ट पार्न भइरहेका प्रयासलाई प्रकाशमा ल्याउन एङ्गोलाको भ्रमण गर्दैछन्।

कैयौँ देशमा ल्यान्डमाइन विस्फोटमा परेर हजारौँ मानिसले ज्यान गुमाउने क्रम रोकिएको छैन।

उसो भए संसारमा ल्यान्डमाइन कहाँ छन् त? त्यसमा के प्रगति भएको छ? अनि राजकुमार ह्यारीले आफ्नी आमाको पदचिह्नलाई किन पछ्याउन खोजेका हुन्?

राजकुमारी डायना परोपकारका काम र प्रायःजसो सर्वसाधारण मान्छेका दृष्टिमा नपर्ने मुद्दा उठाउने कामका लागि परिचित थिइन्।

उदाहरणका लागि सन् १९८७ मान उनले यूकेको पहिलो एचआईभी/एड्स क्लिनिक खोलिन्। त्यसले मान्छेको धारणा परिवर्तन गर्न सहयोग गर्‍यो।

प्रिन्स अफ वेल्ससँग सन् १९९६ मा सम्बन्धविच्छेद गरेपछि उनले उठाएको पहिलो मुद्दा ल्यान्डमाइनबारे जनचेतना जगाउनु थियो।

द्वन्द्वका क्रममा दशकौँसम्म ल्यान्डमाइनको प्रयोग भयो।

युद्धका बेला विस्फोट नभएर छुटेका ल्यान्डमाइन पछि विस्फोट हुँदा मान्छेहरू मरिरहेका छन् र भुलवश खुट्टाले टेक्दा वा बम चलाउँदा मान्छे घाइते हुने गरेका छन्।

एङ्गोलामा खुट्टा गुमाएका मानिसहरूसँगको उनका तस्बिरहरूले ल्यान्डमाइनले पुर्‍याइरहेका क्षतिलाई दर्शाएका थिए।

आफ्नो एङ्गोला भ्रमणका क्रममा राजकुमार ह्यारीले ल्यान्डमाइन निष्क्रिय बनाउने प्रयासबारे सिकिरहेका छन् र आफ्नी आमाले थालेको कामलाई अगाडि बढाउन चाहिरहेका छन्।

दक्षिणपूर्वी नगर डिरिकोस्थित एउटा पुरानो अस्त्रकेन्द्रमा सुरक्षा कवच लगाइरहेको ह्यारीको तस्बिर सार्वजनिक भएको छ।

ल्यान्डमाइन हटाउने परोपकारी संस्था द हालो ट्रस्टले काम गरेको र आफ्नी आमा गएकै ठाउँ राजकुमार ह्यारी पनि पुगेका हुन्।

सो क्षेत्रमा खप्पर र हड्डी भएको खतराको सङ्केतचित्र देखियो, त्यही दृश्य जुन २२ वर्षअघि उनकी आमा जाँदा देखिएको थियो।

त्यो ठाउँमा गत अगस्टदेखि उक्त परोपकारी संस्थाका कर्मचारीले काम गरिरहेको छन्।

सन् २००० मा अस्त्र केन्द्रबाट हट्न लागेपछि सरकारविरोधी फौजले ल्यान्डमाइन बिच्छ्याएका थिए।

अक्टोबर महिनाको अन्त्यसम्ममा त्यहाँबाट ल्यान्डमाइन हटाउने सो संस्थाको लक्ष्य रहेको छ।

आफ्नो भ्रमणका क्रममा राजकुमार ह्यारीले एउटा ल्यान्डमाइनलाई नियन्त्रित विस्फोट प्रक्रियाबाट नष्ट पारे।

आफ्नो एउटा भाषणका क्रममा राजकुमार ह्यारीले द हालो ट्रस्टले समुदायलाई “शान्ति खोज्न” सघाइरहेको बताए।

“ल्यान्डमाइन युद्धका नपुरिएका घाउ हुन्। ल्यान्डमाइन हटाएर हामीले समुदायलाई शान्ति खोज्न सघाउन सक्छौँ र शान्तिसँग अवसर आउँछ,” उनले भने।

“त्यसका अतिरिक्त हामीले कुइटो नदीमा भर पर्ने विविध र भिन्न वन्यजन्तुलाई संरक्षण गर्न सघाउनेछौँ।”

ह्यारीलाई सुरक्षाबारे जानकारी गराइएको थियो र ल्यान्डमाइन हटाइएको ठाउँभन्दा अन्यत्र नजान तथा केही नछुन भनिएको थियो।

ल्यान्डमाइन विस्फोटक हुन्छन्। त्यसमा सङ्केत दिने प्रणाली हुन्छ र सम्पर्कमा आएपछि त्यसले प्रतिक्रिया जनाउँछ। ल्यान्डमाइन जमिनमुनि वा माथि पनि राखिन्छ।

मुख्यतया ल्यान्डमाइन दुई थरीका हुन्छन् – मान्छेलाई मार्ने वा घाइते पार्ने एन्टी-पर्सनेल ल्यान्डमाइन र सवारीसाधन ध्वस्त पार्ने एन्टी-ट्याङ्कमाइन।

प्रथम विश्वयुद्धमा ल्यान्डमाइन प्रयोग भएको थियो, तर सन् १९६० को दशकयता त्यसको प्रयोगले व्यापकता पायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी