कब्जामा लिइएको ब्रिटिश ट्याङ्कर इरानद्वारा फिर्ता



जुलाइमा इरानले कब्जामा लिएको ब्रिटिश ध्वजाबाहक ट्याङ्करलाई दुई महिनापछि तेहरानले छाडिदिएको छ। स्टेना इम्पेरो नामक स्विडिश स्वामित्वको पानीजहाज अन्तर्राष्ट्रिय जलक्षेत्रमा पुगिसकेको र दुबइतर्फ लागेको बताइएको छ।

जिब्राल्टरमा ब्रिटिश नौसैनिकको मद्दतमा एक इरानी ट्याङ्कर कब्जामा लिइएको दुई सातापछि सो पानीजहाजलाई इरानले कब्जा गरेको थियो।

इरानले उक्त ब्रिटिस ट्याङ्करले अन्तर्राष्ट्रिय सामुद्रीक नियम तोडेको हुनाले कब्जामा लिएको बताएको थियो।

तर ब्रिटेनले भने इरानी ट्याङ्कर कब्जामा लिइएकाले बदलास्वरूप दबाव दिन उसको जहाजलाई समातिएको आरोप लगाएको थियो।

सो जहाजलाई स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानी फौजले कब्जामा लिएको थियो।

पानीजहाजको स्वामित्व गर्ने स्वीडिस कम्पनीका प्रमुखका अनुसार त्यसमा सवार चालक दलका सदस्यहरूलाई दुबइमा सोधपुछ गरेर स्वास्थ्यउपचार गरिनेछ।

नजानिन जगारी र्‍याटक्लीफ नामक ब्रिटिश महिलालाई गलत आरोपमा तेहरानले पक्राउ गरिराखेको सन्दर्भमा पनि दुई देशबीच विवाद छ।

अनि विगतमा बेच्छु भनेर पैसा लिइसकेपनि ट्याङ्क तेहरानलाई हस्तान्तरण नगरेको विवाद पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८