शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गर्ने अमेरिकी घोषणा



संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्यामा नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ।

विदेश मन्त्रालयले आउँदो वर्ष बढीमा १८ हजार जनालाई पुनर्स्थापित गरिने बताएको छ।

शरणार्थी पुनर्स्थापना कार्यक्रमको इतिहासमा यो सबैभन्दा कम सङ्ख्या हो। यस वर्ष त्यो सङ्ख्या ३० हजार तोकिएको छ।

ट्रम्प प्रशासन भन्छ, उपलब्ध कैयौँ ठाउँहरू अमेरिकी सेनालाई सघाएका इराकीहरूका साथै सताइएका धार्मिक अल्पसङ्ख्यकका निम्ति छुट्याइने छ।

मानव अधिकारवादी संस्थाहरूले उक्त कदमको आलोचना गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शराणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्न सक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

उक्त आदेशले “पुनर्वासका लागि तयार र उत्सुक समुदायमा शरणार्थीहरूलाई स्थानान्तरण सुनिश्चित गर्ने र अमेरिकी समाजमा उनीहरूको सफल एकीकरणमा सहयोग पुर्‍याउने,” उनले बताए।

ट्रम्प प्रशासनले आप्रवासीहरूको सङ्ख्यामा कटौती गर्ने विषयलाई आफ्नो प्रमुख लक्ष्य बनाएको छ।

युएस रेफ्युजी एड्मिसन प्रोग्राममा सन् २०१७ देखि उनले कोटा कटौती गरेर ५० हजार पुर्‍याएका थिए।

त्यस लगत्तैका वर्षहरूमा उक्त सङ्ख्या ४५ हजार र ३० हजार पुर्‍याइएको थियो।

अमेरिकाले यसअघि सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि सन् २००२ मा शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गरेको थियो। त्यति बेला उक्त सङ्ख्या २७ हजार पुर्‍याइएको थियो।

दक्षिणी सिमाना रहेको मेक्सिको हुँदै अमेरिका प्रवेश गरेर शरण खोज्नेहरूले आफूहरूलाई “अत्यधिक बोझ” थपिदिएको एउटा विज्ञप्ति जारी गर्दै अधिकारीहरूले बताएका छन्।

“ठूलो सङ्ख्यामा शरणार्थीहरूलाई पुनर्वासको व्यवस्था गर्न तयार हुनु अघि अमेरिकी अध्यागमन प्रणालीमा रहेको बोझ कम गर्न जरुरी छ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ।

इराकका नागरिक बाहेक अमेरिकी सेनामा काम गरेकाहरूका लागि कोटा तोकिने छ।

दु:ख पाएका धार्मिक अल्पसङ्ख्यकहरूकालागि ५,००० स्थान सुनिश्चित गरिने छ भने ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेहरूका लागि १,५०० कोटा छुट्टाइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही