इरानद्वारा युरोपेली नेताहरूले लगाएको आरोप अस्वीकार



फ्रान्स, जर्मनी र ब्रिटेनका नेतृत्वकर्ताहरूले संयुक्त वक्तव्य जारी गर्दै साउदी अरेबियाका तेल भण्डारण केन्द्रहरूमा भएको आक्रमणका लागि आफूलाई दोषी ठहर गरेको विषयलाई इरानले अस्वीकार गरेको छ।

इरानका विदेश मन्त्रीले उनीहरूलाई “अनुचित अमेरिकी दाबी” दोहोर्‍याएको आरोप लगाएका छन्।युरोपेली नेताहरूले उक्त आक्रमणको पत्याउन सकिने अन्य कुनै पनि स्पष्टीकरण नरहेको बताएका थिए।

आक्रमणका कारण साउदी अरेबियाको तेल उत्पादन आधाले घटेको छ। तर युरोपेली नेताहरूले इरानको पारमाणविक कार्यक्रमसम्बन्धी विषयमा सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय सहमतिमा भने आफूहरू प्रतिबद्ध रहेको बताएका थिए।

इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीहरूले गत सेप्टेम्बर १४ मा गरिएको आक्रमणको जिम्मा लिएको छ।तर इरानले भने कुनै पनि किसिमको संलग्नता अस्वीकार गरेको छ।

१८ वटा ड्रोन र सात वटा क्रुज क्षेप्यास्त्र तेल प्रशोधन केन्द्र लगायतका स्थानमा प्रहार गरिएको थियो।साउदी अरेबियाले आक्रमणको दोषी इरानलाई ठहर्‍याएको छ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँ र जर्मन चान्सलर एङ्गेला मर्केलले संयुक्त राष्ट्रसङ्घको महासभाको मौका पारेर वक्तव्य जारी गरेका हुन्।

“हामीहरूका लागि यो स्पष्ट छ कि यो आक्रमणका लागि इरान जिम्मेवार छ। यस विषयमा पत्याउन सकिने खाले अन्य आधार छैन। विस्तृत विवरणका लागि हामी हाल जारी अनुसन्धानको समर्थन गर्छौ,” उनीहरूले भने।

“इरानले उसको परमाणु कार्यक्रम लगायत क्षेत्रीय सुरक्षा लगायतका विषयमा दीर्धकालीन छलफल स्वीकार गर्ने बेला आएको छ।”

जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन नाम गरेको सन् २०१५ को परमाणु कार्यक्रमसम्बन्धी सम्झौतामाथि उनीहरूले आफ्नो समर्थन जारी रहने बताएका छन्। गत वर्ष उक्त सम्झौताबाट बाहिरिँदै इरानमाथि पुनः प्रतिबन्ध लगाएपछि अमेरिकासँग तनाव बढेको थियो।

इरानका विदेश मन्त्रीले विश्व शक्तिहरूसँग नयाँ सम्झौताको कुनै पनि किसिमको सम्भावना नरहेको बताएका छन्।

इरानले युरोपेली मुलुकहरू अमेरिकी स्वीकृति बेगर कुनै पनि किसिमको जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था प्रदर्शन गरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ