अमेरिकी राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा विपक्षी दलको अग्रसरता



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग आफूले गरेको फोनवार्तामा भूतपूर्व उपराष्ट्रपति जो बाइडन र उनका छोराबारे कुरा उठाएको विषयको प्रतिरक्षा गरेका छन्।

फोनवार्ताबारे संवाददाताहरूसँग सोमवार कुरा गर्दै ट्रम्पले भ्रष्टाचारबारे कुरा गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको बताए।

अमेरिकामा हुने आगामी निर्वाचनमा आफूलाई चुनौती दिन सक्ने व्यक्तिविरुद्ध अनुसन्धान गर्न आफूले युक्रेनी राष्ट्रपतिलाई दबाव दिएको भन्ने समाचारको ट्रम्पले खण्डन गरे।

डेमक्र्याटिक पार्टीका एक वरिष्ठ नेताले अहिले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग नै “एक मात्र उपचार हुन सक्ने” बताएका छन्।

बराक ओबामाका उपराष्ट्रपति बाइडनले आफ्ना छोरा कार्यरत एउटा कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका युक्रेनका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न उक्साउन खोजेको आरोप ट्रम्प र उनका सहयोगीहरूले लगाउने गरेका छन्।

हन्टर बाइडन सन् २०१४ मा युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए। त्यतिबेला उनका बुवा युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा थिए।

अहिले जो बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई चुनौती दिने डेमक्र्याटिक उम्मेदवारको प्रबल दाबेदार हुन्।

गत साता अमेरिकी सञ्चारमाध्यमले एक गुप्त सुराकीले विदेशी नेतासँगको टेलिफोन कुराकानीको विषयवस्तु र उद्देश्यप्रति गम्भीर प्रश्न गर्दै राष्ट्रपति ट्रम्पविरुद्ध उजुरी हालेको जनाएका थिए।

अमेरिकी राष्ट्रपतिले युक्रेनी समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न दबाव दिएको समाचारहरूमा उल्लेख थियो।

ट्रम्प प्रशासनले सुराकीको उजुरी कंग्रेसलाई हस्तान्तरण गर्न रोकिरहेको विवरण गत साता बाहिर आएको थियो। इन्टेलिजन्स इन्स्पेक्टर जेनरलले भने त्यसलाई ‘अत्यावश्यक’ ठहर्‍याएका थिए।

अमेरिकी कानुनअनुसार उजुरीलाई ‘अत्यावश्यक सरोकार’ ठम्याइएमा तथा इन्स्पेक्टर जेनरलले ‘विश्वसनीय’ मानेमा इन्टेलिजन्स विभागका प्रमुखले सात दिनभित्र कंग्रेसलाई सूचना दिने अपेक्षा गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ