दक्षिण अफ्रिकामा गैंडा चोरीशिकारी घट्यो
दक्षिण अफ्रिकाले गैंडाको चोरीशिकारीमा कठोर कदम लिएसँगै गैंडा मारिनेक्रम घटेको दक्षिण अफ्रिकी मन्त्री बारबरा क्रिसीले बताएका छन् ।
वातावरण, वन तथा मत्स्यपालन मन्त्री बारबराले यस वर्ष जनवरीदेखि जुनसम्मका छ महिनाको अवधिमा देशभर करिब ३१८ वटा गैंडाको चोरीशिकारी गरेको जानकारी दिए ।
अघिल्लो वर्षको यही अवधिमा ३८६ गैंडाको चोरीशिकारी भएको थियो । अफ्रिकाको उत्तरमा रहेको क्रुगर राष्ट्रिय निकुञ्जमा चोरीशिकारी बढेको तथ्याँक छ । मन्त्री बारबराका अनुसार यसै वर्षको छ महिनामा यस निकुञ्ज क्षेत्रमा १९० वटा मारिएका छन् ।