तेल खानीमा आक्रमण भएपछि अमेरिकाद्वारा साउदी अरबमा सेना परिचालन गर्ने घोषणा



संयुक्त राज्य अमेरिकाले साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा “प्रतिरक्षात्मक स्वरूप”मा अमेरिकी सैनिक खटाइने पत्रकारहरूलाई बताए।

तर कति सङ्ख्यामा अमेरिकी सैनिक पठाउने भन्ने विषयमा चाहिँ निर्णय भइसकेको छैन। गत हप्ता साउदी अरबमा दुईवटा आक्रमण भएका थिए।

इरानको समर्थनप्राप्त यमनको हूथी विद्रोही समूहले ती आक्रमण आफूले गरेको दाबी गरेको छ। तर अमेरिका तथा साउदी अरबले इरान नै ती घटनामा संलग्न भएको आरोप लगाउँदै आएका छन्।

यसअघि शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सैनिक द्वन्द्वलाई टार्न खोजेको सङ्केत गर्दै इरानविरुद्ध “उच्च तहका” प्रतिबन्धहरूको घोषणा गरेका थिए।

नयाँ प्रतिबन्धहरू इरानको केन्द्रीय ब्याङ्क र उसको विशेष कोषमा केन्द्रित हुने ट्रम्पले बताएका छन्।

शुक्रवार रक्षामन्त्री एस्परले अमेरिकी सेनाको ज्वाइन्ट चीफ अफ स्टाफ जेनरल जोसेफ डन्फोर्ड जुनिअरलाई छेउमा राखेर साउदी अरबमा सेना पठाउने घोषणा गरेका हुन्।

साउदी अरब र संयुक्त अरब इमिरेट्सले सहयोगका लागि अमेरिकासँग आग्रह गरेको एस्परले बताए।

अमेरिकी सेना हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित रहनेछ र अमेरिकाले दुवै मुलुकलाई “सैन्य उपकरण उपलब्ध गराउने कार्यमा तीव्रता” दिनेछ।

जेनरल डन्फोर्डले अमेरिकी सेना परिचालनलाई “मध्यम” तहको भन्दै सैनिकहरू हजारौँको सङ्ख्यामा नहुने बताए। साउदी अरब पठाइने सेनाको किसिमबारे चाहिँ उनले विस्तृत विवरण दिएनन्।

न्यूयोर्क टाइम्सका अनुसार इरानमाथि सैनिक कारबाहीबारे अझै विचार भइरहेको छ कि भन्ने संवाददाताहरूको जिज्ञासामा रक्षामन्त्रीले भनेः “हामी त्यो ठाउँमा अहिले छैनौँ।”

एक हप्ताअघि साउदी अरबका अब्काइक र खुरैस प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि विश्वभरि तेल आपूर्ति प्रभावित हुन पुग्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक