यौन शोषणको आरोपमा आश्रमबाटै स्वामी चिन्मयानन्द पक्राउ



उत्तरी भारतको प्रहरीले यौन शोषणको आरोपमा सत्ताधारी भारतीय जनता पार्टी भाजपाको सरकारका एकजना पूर्व केन्द्रीय मन्त्रीलाई पक्राउ गरेको छ।

एकजना २३ वर्षीया विद्यार्थीले स्वामी चिन्मयानन्दले उनलाई एक वर्षभन्दा बढी समय उनैद्वारा सञ्चालित विश्वविद्यालयमा शोषण गरेको आरोप लगाएकी छन्।

लखनउस्थित उनको आश्रमबाटै विशेष जाँच टोलीका अधिकारीहरूले स्वामी चिन्मयानन्दलाई पक्राउ गरेका थिए।

उनलाई दुई साताका लागि हिरासतमा पठाइएको छ। उनको पक्षका एकजना वकिलले भने उक्त आरोपको खण्डन गरेका छन्।

ती विद्यार्थीले एकजना ठूला नेताले उनलाई दुर्व्यवहार गरिरहेका छन् भन्दै एउटा भिडिओ सार्वजनिक गरेपछि सर्वोच्च अदालतले जाँचको आदेश दिएको थियो।

प्रहरीले उक्त भिडिओको जाँच गरेको बताएको छ।

बीबीसी हिन्दीका सम्वाददाताका अनुसार चिन्मयानन्द विरुद्ध पद र शक्तिको दुरुपयोग गरी यौन शोषण गरेकोसम्बन्धी मामिला दर्ता गरिएको छ।

शाहजहाँपुरस्थित एसएस ल कलेजमा पढ्ने उक्त विद्यार्थीले उनीविरुद्ध शोषण, अपहरण तथा धम्कीको आरोप लगाएकी छन्।

बुधवार यसै सिलसिलामा एउटा भिडिओ भाइरल भएपछि यो मामिलाले नयाँ मोड लिएको थियो।

बीबीसीले प्रामाणिकता पुष्टि गर्न नसक्ने उक्त भिडिओमा स्वामी चिन्मयानन्दले कुनै किशोरीसँग मसाज गराइराखेको र उनी चाहिँ मोबाइल फोनमा केही टाइप गरेको जस्तो देखिन्छ।

लगत्तै केही वकिलले यो विषय सर्वोच्च अदालतमा पुर्‍याएका थिए र अदालतले जाँचको आदेश दिएको थियो।

भाजपाका पूर्व सांसद स्वामी चिन्मयानन्द अटल बिहारी वाजपेयीको सरकारमा केन्द्रीय गृह राज्यमन्त्री बनेका थिए।

उनी राम मन्दिर आन्दोलनका नेतामध्ये एक मानिन्छन्। आठ वर्षअघि शाहजहाँपुरकै अर्की एक महिलाले पनि उनी विरुद्ध यौन शोषणको आरोपमा उजुरी दर्ता गराएकी थिइन्।

तर उत्तरप्रदेश राज्यमा भाजपाको सरकार बनेपछि सरकारले उक्त मुद्दालाई फिर्ता लिएको थियो।

पीडितले अदालतमा उक्त मुद्दालाई लिएर गएपछि हाल उच्च अदालतमा त्यो मुद्दा विचाराधीन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ