दुई महिला वैज्ञानिकद्वारा अन्तरिक्षमा सँगै हिँडेर नयाँ कीर्तिमान



नासाका अन्तरिक्षयात्री क्रिस्टिना कोक र जेसिका मिअरले सँगसँगै अन्तरिक्षयानबाहिर निस्किएर ‘स्पेसवाक’को नयाँ कीर्तिमान बनाएका छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को बिग्रिएको एउटा उपकरण फेर्न उनीहरूले आईएसएसबाहिर सात घण्टा बिताएका थिए।

महिला अन्तरिक्षयात्रीहरू मात्र कुनै यान वा केन्द्रबाहिर निस्किएर अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर हो। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार कोक यसअघि चारचोटि अन्तरिक्षयानबाहिर निस्किसकेकी थिइन् तर मिअरका लागि यो पहिलो त्यस्तो अनुभव थियो।

मिअर अन्तरिक्षमा हिँड्ने पन्ध्रौँ महिला हुन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीहरूलाई भिडिओ कलमार्फत् बधाई दिएका थिए। ट्रम्पले उनीहरूलाई “साहसी र प्रतिभाशाली महिला” भन्दै प्रशंसा गरे।

कोक इलेक्ट्रिकल इन्जिनीयर हुन् भने मिअरले सामुद्रिक जीवविज्ञानमा विद्यावारिधि गरेकी छन्।उनीहरू जीएमटीअनुसार शुक्रवार बिहान ७:३८ बजे अन्तरिक्षयात्रा गर्दा लगाउने विशेष पोसाक लगाएर आईएसएसबाहिर निस्किएका थिए।

उनीहरूले पोर्ट सिक्स ट्रस स्ट्रक्चर भनिने आईएसएसको एउटा भागमा गएर चार्ज डिस्चार्ज यूनिट (बीसीडीयू) फेरे। त्यसपछि उनीहरू बिग्रिएको उक्त उपकरण लिएर फर्किए। आईएसएसलाई चाहिने सामग्री लिएर जाने अर्को स्पेसएक्स ड्र्यागनमा राखेर उक्त उपकरणलाई परीक्षणका लागि पृथ्वीमा ल्याइनेछ।

नासाले गत मार्च महिनामा महिला मात्रै सहभागी हुने पहिलो “एक्स्ट्रा-भीहिक्युलर एक्टिभिटी” अर्थात् यानबाहिरको गतिविधिमा कोक र एन मक्क्लेन संलग्न हुने घोषणा गरेको थियो। तर मक्क्लेनलाई मिल्ने पोसाक उपलब्ध नभएपछि उक्त योजना स्थगित भएको थियो।

रुसकी स्भित्लाना सभित्स्काया अन्तरिक्षमा हिँड्ने प्रथम महिला हुन्। उनी जुलाई २५, १९८४ मा अन्तरिक्ष केन्द्रबाहिर तीन घण्टा ३५ मिनेट बसेकी थिइन्। प्रथम पटक अन्तरिक्षमा हिँड्ने तत्कालीन सङ्घका एलेक्सेई लियोनोभको यही महिना ८५ वर्षको उमेरमा निधन भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाइल्यान्डमा अभ्यासका क्रममा जहाज दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु

बैंकक । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो

केन्यामा बढ्दो महिला हत्याप्रति न्याय प्रणालीको चर्को आलोचना

नैरोबी । दुई वर्षअघि चर्चित केन्याली एथलेटिक्स खेलाडी एग्नेस टिरोपको निधनपछि दोषी ठहरिएका

नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि

ब्रसेल्स । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल

‘विनफास्ट’को विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

हनोई । भियतनामको विद्युतीय गाडी निर्माता ’विनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको