शान्ति सुरक्षामा इन्तु किन्तु स्वीकार्य हुँदैन : मुख्यमन्त्री राउत



जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको शान्ति सुरक्षाको सवालमा कुनै प्रकारको इन्तु कितु स्वीकार्य नरहेको बताएका छन् ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शान्ति सुरक्षा र सुशासन नै समृद्धि र विकासको आधार रहेकोले शान्ति सुरक्षालाई थप मजबुत बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

शान्ति सुरक्षामा कुनै प्रकारको चुक भए सम्बन्धित अधिकारीलाई कारबाहीको भागी हुनु पर्ने चेतावनी दिनु हुँदै मुख्यमन्त्री राउतले भने,‘ शान्ति सुरक्षाको लागि प्रदेश सरकारले गर्नु पर्ने सबै काम सरकारले गर्छ तपाईहरु आफनो जिम्मेवारी निर्वाह गर्नुहोस् ।’

गोष्ठीको क्रममा प्रमुख जिल्ला अधिकारीहरुले प्रस्तुत गरेको प्रतिवेदनले शान्ति सुरक्षाको सवालमा रहेका समस्याहरुको पहिचान भै सकेको उल्लेख गर्दै अवको त्यसको समाधानको बाटो पहिल्याउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन समेत दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा भएको गोष्ठीमा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा ,नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, प्रदेश नम्बर २ का आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको प्रश्नः कुलमानले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनुभयो र लोडसेडिङ अन्त्य भयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोडसेडिङ वर्षौं लगाएर अन्त्य गरेको बताएका

ओलीजी जेलदेखिकै साथी हो, उहाँलाई पूर्ण समर्थन रहन्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र

कृषिमन्त्री भन्छन्-अब कृषि अनुदानको दुरुपयोग हुँदैन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने

विपक्षीहरु सरकारविरुद्ध झुट फैलाउन केन्द्रित भएः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्याउने