सरकारलाई सही बाटोमा हिँडाउन नीतिगत विषयमा गहन छलफल, निर्णय र हस्तक्षेप हुनुपर्दछ



विष्णु रिजाल ।

बहुदलीय व्यवस्थामा पार्टीको सरकार हुन्छ । सरकारले कुनै कुरा बाध्यतावश वा हतारमा अघि सारेमा जनस्तरमा उठेका प्रश्नलाई ध्यानमा राखेर पार्टीले त्यसलाई सम्बोधन गर्दछ । चर्चामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसम्बन्धी विधेयकलाई नेकपाको चालू स्थायी कमिटी बैठकले यथावस्थामा अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

यसअघि गुठीसम्बन्धी विधेयक पनि पार्टीमा छलफल भएरै रोकिएको थियो भने आमसञ्चार विधेयक पनि नेकपाका कारण परिमार्जन भएको थियो । गत बैशाखमा ल्याइएको अध्यादेश पनि जुन द्रूत गतिमा आएको थियो, नेकपाकै कारण त्यही द्रूत गतिमा फिर्ता भएको थियो ।
एमसीसीका बारेमा पनि पार्टीमा व्यापक छलफल हुनेछ र प्रक्रियासम्मत रुपमा निरुपण हुनेछ । पार्टीमा सस्थागत छलफल र निर्णय हुँदा त्यसको स्वामित्व वा दोषको भागीदार सबै नेता र सिंगो पार्टी हुन्छ ।

मुलुकको शासन सञ्चालन गर्ने कार्यकारी निकाय भएका कारण सरकारका दैनिन्दिनका काममा पार्टीले हस्तक्षेप गर्न हुँदैन । तर, सरकारलाई सही बाटोमा हिँडाउन यी र यस्तै नीतिगत विषयमा भने गहन छलफल, निर्णय र हस्तक्षेप हुनुपर्दछ । किनभने, निर्वाचनमा जनताका सामु सरकार होइन, पार्टी जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थाल्यो भने के हुन्छ ?

सोविता गौतम । म अदालतमा विचाराधीन (sub–judice) मुद्दाको भित्री तथ्यमा सार्वजनिक बहस गर्न

नेपाल पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ

-केपी शर्मा ओली । सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु

अब नेपालले हिमालसँगै समुन्द्रको विषयलाई पनि सँगै जोडेर पैरवी गर्नुपर्ने हुन्छ

-शङ्करदास बैरागी नेपालले अन्तरराष्ट्रियस्तरमा विश्व शान्ति, मानव कल्याणका क्षेत्रमा बनाएको विशिष्ट पहिचानलाई सगरमाथा

सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न