एकोहोरो भारतविरुद्ध कुण्ठा र घृणाको खेती किन ?



-केशवप्रसाद भट्टराई

१. जयप्रकाश मल्लले गोर्खाली फौज विरूद्ध लड्न भारतमा शासन गरिरहेको कम्पनी सरकारसँग मद्दत मागे । उनलाई सहयोग गर्न क्याप्टेन किन्लोकको नेतृत्वको भारतीय सेनालाई पृथ्वीनारायण शाहको फौजले सिन्धुली गढीको युद्धमा पराजित गर्यो । तर पृथ्वीनारायण शाहले के बुझेका थिए भने, सात समुद्र पारीबाट आएर त्यत्रो भारतलाई कब्जामा लिने कम्पनी सरकारको फौज आज हारेपनि भोलि झन् ठूलो सैन्य शक्ति लिएर आउँछ र नेपाल एकीकरण अर्थात् “असली हिन्दूस्तान“ निर्माण गर्ने उनको सपना अधुरै रहन सक्छ – त्यसैले सिन्धुली गढीको युद्ध जित्ने बित्तिकै उनले आफ्नो प्रतिनिधिलाई पटना स्थित कम्पनी सरकारको प्रतिनिधि समक्ष आफ्नो मित्रताको सन्देश पठाइसकेका थिए र किनलोकको गलत रणनीतिक निर्णयका कारण मात्रै सिन्धुलीको युद्ध हुन पुगेको बताउन लगाएका थिए ।

२. किनलोकले आफ्नो तालुक हाकिम र अड्डालाई जानकारी गराउनु पूर्व नै पटनास्थित कम्पनी सरकारको प्रतिनिधि मार्फत बनारस र बनारस हुँदै कलकत्तासम्म पनि पृथ्वीनारायण शाहको सन्देश पुगिसकेको थियो । कम्पनी सरकारले पृथ्वीनारायण शाहलाई पत्यायो । किनलोकलाई विश्वास गरेन बरू कारवाही गर्यो । यसरी पृथ्वीनारायण शाहले कम्पनी सरकारलाई आफ्नो प्रभावमा पार्ने कूटनीतिक चातुर्य प्रदर्शन गरेकाले उनको नेपालको एकीकरणको अभियानमा अङ्ग्रेज सरकारले कुनै हस्तक्षेप गरेन, अवरोध पुर्याएन ।

३. बहादुर शाहले पृथ्वीनारायण शाहको त्यही कूटनीति अवलम्वन गरे र अङ्ग्रेज सरकारलाई विश्वासमा लिने कूटनीतिक कौशल प्रदर्शन गरेरै नेपाललाई टिष्टादेखि कांगडा भन्दा पनि पश्चिमसम्म नेपाललाई विस्तार गरे ।

४. भीमसेन थापाले पृथ्वीनारायण शाह र बहादुर शाहको कूटनीतिक चातुर्य र रणकौशल अवलम्वन गर्न सकेनन् र नेपालको एक तिहाई भूभाग गुमाएर सुगौलीको सन्धि गराउने स्थिति निर्माण गरे । ती सवै बुझेका जङ्ग बहादुरले भारतस्थित अङ्ग्रेज सरकारसँग मिलेरै कोतपर्व मच्चाए, सम्पूर्ण शासन आफ्नो हातमा लिए र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहित नेपालको तराईको अन्य स्थानको ठूलो भूभाग समेत नेपालमा ल्याए । तत्कालीन ब्रिटिस भारत सरकारसँग निकट मित्रता राखेर नै नेपालको लामो राजनीतिक अस्थिरता र दरवारको परस्परको बर्बर र क्रूर मारकाट र घातक कचिङ्गललाई अन्त्य गरेर नेपाललाई राजनीतिक स्थिरता प्रदान गरे र १०४ वर्ष सम्मको लागि आफ्ना भाइ खलकको एकलौटी शासनको आधार निर्माण गरिदिए ।

५. राजा त्रिभुवनलाई राणाहरूले आफ्ना पुर्खाहरूको हातबाट खोसिएको शासन सत्ता आफ्नो हातमा ल्याउन भारत चाहियो । मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न काङ्ग्रेसलाई भारत चाहियो । विपी र काङ्ग्रेसकोप हातमा पुगेको शासन सत्ता आफ्नो नियन्त्रणमा ल्याउन राजा महेन्द्रलाई पनि भारत चाहियो ।

( स्मरणीय छ, भारतीय प्रधानमन्त्री नेहरू र तत्कालीन बेलायत, अमेरिका र चीन सवै विपी कोइराला शासनमा नरहेको देख्न चाहन्थे !)
संसद समेत विघटन गरेकोमा मात्रै नेहरूको आपत्ति थियो । नेपालबाट निर्वाचित सरकार, संसद र संसदीय व्यवस्था नै अन्त्य गरिएको केही महिना मै संसदीय व्यवस्थाको जननी भनिने बेलायतकी महारानीले नेपालको राजकीय भ्रमण गरेकी थिइन् ।

६. २०३६ सालमा जनमत सङ्ग्रह गराउने परिस्थिति निर्माणमा भारतको भूमिका रह्यो र निर्दलीय पंचायतलाई जिताउनमा पनि उसले नै भूमिका खेल्यो । २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना गराउन काङ्ग्रेस –कम्युनिस्ट सबैलाई भारत नै चाहियो । सवैभन्दा पछि माओवादी बिद्रोहलाई निष्कर्षमा पुर्याउन, माओवादीलाई सत्तामा ल्याउन र नेपालमा सङ्घीय गणतन्त्र ल्याउन सवैलाई भारतकै सहयोग अपरिहार्य लाग्यो ।

७. सवैलाई सत्तामा र शासनमा पुग्न भारत चाहिने, शासनमा टिक्न भारत चाहिने, विपक्षीलाई हटाएर आफूलाई सत्तामा लगिदिन भारत चाहिने, तर सवैलाई एकै पटक सत्ता र शासनमा पुर्याइदिन भारतले नसक्ने, अनि सत्ता र शासनमा पुग्न र टिक्न नसकेपछि भारत विरोध ! हामीलाई बत्ती बाल्न भारत, बिजुली बेच्न भारत, आफ्नो जलस्रोतको विकास र उपयोग गर्न भारत ,दाल–चामल,नुन–तेल, जिरा मरिच , धनियाँ –खुर्सानी किन्न भारत, काम खोज्न भारत, लुक्न र भाग्न भारत –

८. अनि एकोहोरो भारत विरोध ! राजनीतिक र वौद्धिक पाखण्ड र दिशाहीनता ।

९. हाम्रो देशको आन्तरिक मामिला हामी आफैँ व्यवस्थापन गर्न सक्छौं –हामीलाई हाम्रो राजनीतिक र सामाजिक जीवन सम्बन्धी विषयमा कसैको अर्ती र उपदेश चाहिन्न भन्ने हुती भएका कुनै राजनीतिक दल छन् –नेपालमा ? कायरता आफ्नो –बिरोध भारतको ! भारतको होची–अर्घेलीमा विरोध गर्न नसक्ने अनि शिखण्डीहरूको जमात खडा गराएर भारतको बिरोध गराउने राजनीतिक अभ्यास पनि नेपालको लोकप्रिय राजनीतिक र कूटनीतिक व्यापार हो – जुन राजादेखि सवै राजनीतिक दलहरूले बेलाबेलामा गरिरहेका छन् र गरिरहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

लगानी बोर्ड बैठकद्वारा अर्थमन्त्रीको संयोजकत्वमा सार्वजनिक–निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण

पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु

मलेखु । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस