मनोजलाई मीनाको पत्रः तिमी र म बीच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरोलागि महत्वपूर्ण छ हार नमानिदेउ



मीना ढकाल।
जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग मैले जीवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।
भलै समयले तिम्रो र मेरो बीचमा दुरी ल्यायो होला फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियुमा उपचाररत छौ भन्ने समाचारले मलाई विÞक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवानसँग प्रार्थना गर्दछु । तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन् । तिमी ठिक छौ र त उनीहरु ढुक्क छन्, सुरक्षित छन् । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन् म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तीजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन..। तिमी र म बीच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरोलागि महत्वपूर्ण छ हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !
उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्

सरकारको नेतृत्व गरेदेखि अध्यक्ष ओलीको लोकप्रियता झनै बढ्योः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको १०औंँ राष्ट्रिय महाधिवेशनले

हस्ताक्षरपछि मनिषाले भनिन्-पक्कै पनि रविमाथि राज्यबाट दुर्व्यवहार भइरहेको छ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर

‘सुप्राग्लेशियल’ ताल फुट्दा रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित