राम जन्मभूमीबारे बहस हो कि, संकटपूर्ण भूराजनीतिक सकस ?



भरत दाहाल ।

१. अतिक्रमित भूमी, अवैध सिमावर्ति बाँधहरु, असमान सन्धिहरु, नक्कली नागरिकता, खुला सिमाना, कालापानीबारे वार्तामा बस्न ईण्डियन अस्विकृति आदीका बारेमा ठोस कदम चाल्दै नचाली वा चाल्ने लक्षण नै नदेखाई रामको जन्म कहाँ भएको हो भन्ने बहस उठाउनुका पछाडी ओलीको नियत ठिक छैन। आफूले नगरेका कामहरुबाट जोगिन, कुर्सि जाेगाउन र पश्चिमाहरुको पक्षमा अनुकूलता बनाउन यो प्रचारबाजी गरिएको हो। ओलीले उठाएको विषयको नभएर उनको नियतको विरोध हुन आवश्यक छ। यही कुरा उनले विज्ञ र अनुसन्धानकर्ताहरुबाट बाहिर ल्याउनु पर्थ्यो।

२. नेपाल अहिले २ प्रकारका सांस्कृतिक उपनिवेशको शिकार भैरहेको छ। संस्कृतिहरु आत्मिक र भौतिक दुबै थरी हुन्छन्। आत्मिक (धार्मिक) रुपमा नेपाल ईण्डियन उपनिवेशका रुपमा छ भने भौतिक (दैनिक जीवन पद्धति) मा यो पश्चिमा उपनिवेशका रुपमा छ। यी दुबैथरी अतिक्रमणबाट नेपालीहरुले आफ्नो सांस्कृतिक पहिचान गुमाउँदै गएका छन्। यो समस्याका विरुद्धमा कसरी लड्ने भन्ने कुरा आम नेपालीहरुको सरोकारको विषय बन्नु पर्दछ। हिन्दूत्वका नाममा ईण्डियन गुलामी र आधुनिकताका नाममा पश्चिमा गुलामी दुबै औपनिवेशिकताहरु स्विकार्य हुँदैनन्।

३. ओलीलाई नेपालको संस्कृति विदेशीकरण हुँदै गएको चिन्ता हो भने यस्तो चिन्ता ‘होली वाईन सम्मेलन’का बारेमा पनि हुनु पर्थ्यो, आफ्नो जन्म दिनमा नेपालको नक्शाको केक बनाएर काट्ने पश्चिमा कुप्रवृतिमा पनि हुनु पर्थ्यो। तर यस्तो देखिन्न। नेपाल वैदिक भूमी हो भन्ने आम मान्यता छ। ओलीलाई नेपालको सभ्यता ओझेलमा परेको चिन्ता हो भने वैदिक कालका जति पनि ऋषि मुनीहरु छन्, ती मध्य को को यस भूमीका बसेर चिन्तन गरेका थिए र त्यस्ता ठाउँहरु कहाँ कहाँ छन् भन्ने खोज गर्न विज्ञहरुको अनुसन्धान टीम बनाएर काम थालुन्।

४. आस्था, विश्वास र इतिहासका बहसका कुराहरु आवश्यक छन् तर यी कुराले मात्र मानिसको दैनिक जीन्दगी चल्दैन। यी कुराहरुमा त्यस्ता मानिसहरुको मात्र ध्यान जान्छ, जो खाने, लाउने समस्याबाट मुक्त छन्। नेपालीहरु बाँच्न सक्ने धरातल नबनिकन यस्ता मुद्दाहरुमा लडाईं हुँदैन। त्यसैले ओलीको सांस्कृतिक युद्धको तुक उनले नेपालीहरुको रोजगारी र देशको विकासका लागि के योजना बनाएका छन् भन्ने कुरासंग जोडिन्छ। आर्थिक, राजनीतिक एवं सामाजिक-सांस्कृतिक समस्याहरुको समाधान प्याकेजका रुपमा नखोज्नेहरु स्टन्टबाजहरु मात्र हुन्।

५. ओलीको विरोधका नाममा अर्को दलालहरुको झुण्ड देखापरेको छ। यो झुण्डले ओलीले उठाएको कुराले ईण्डियासंगको सम्बन्धमा चट्याङ पारेको कुतर्क गरिरहेको छ। गौतम बुद्ध ईण्डियामा जन्मेको भनेर नक्कली तिलौराकोट बनाउने ईण्डियनहरुले नेपालीहरुको भावनामा चट्याङ हानेको नहुने तर ओलीले रामको कुरा उठाएपछि ईण्डियासंगको सम्बन्ध समाप्त पारेको हुने भन्ने अतिरञ्जना कुर्सि दलालीको पराकाष्ठा हो। मोदीले ओलीको कुर्सि खोसि देला र खाउँला भनेर ‘आँ’ गरी बसेका परजिवीहरुको चित्कार हो यो। एकथरी ईण्डियन दलालहरुले नेपालको धर्म-संस्कृतिको केन्द्र भनेकै ईण्डिया हो भन्ने मनोविज्ञान बनाउन खोज्दै आएका छन्।

६. अहिले रामका नाममा जसले पक्ष र विपक्षमा कुरा गरिरहेका छन्, यो सबै राजनीति हो। यसलाई प्राज्ञिक बहसका रुपमा संगठित गर्न आवश्यक छ। राम कहाँ जन्मेका थिए ? कति बर्ष बाँचेका थिए ? रामायणमा लेखिए जस्तो आदर्श पुरुष हुन कि होईनन् भन्ने कुराहरु सबै अनुमानका कुराहरु हुन्। जीवनवादी बुद्धलाई पछिका लेखकहरुले भगवान बनाए, येशु मरेको सैयौं बर्षपछि लेखिएको बाईबलमा पानैपपिच्छे विरोधाभाषपूर्ण उट्पट्याङ कुराहरु लेखिएका छन्। बजारमा किन्न पाईने ‘मनस्मृति’का आधा दर्जन जति प्रकार छन्, जसको विषयवस्तु आकाशपाताल छ। कुरानको कथा पनि यही हो। सम्बन्धित पात्रका विषयमा सैयौं वा हजारौं बर्षपछि थरिथरिका लेखकहरुबाट लेखिने साहित्यमा कति सत्यता हुन्छ ?

७. मैले भन्न खोजेको कुरा के हो भने केपी ओलीको रामकथा आफूले गर्नु पर्ने तर नगरिरहेका अकर्मण्यताहरुलाई ढाकछोप गर्ने उद्देश्यमा केन्द्रित छ तर बहसमा आईरहेका विवादास्पद कुराहरुका बारेमा धारणा राख्दैमा कुनै देशसंगको सम्बन्ध खत्तम भयो भन्नु दलाली हो। ईण्डियाकै दर्जनौं इतिहासकारहरुले यसै विषयमा प्रश्न उठाएर पुस्तकहरु प्रकाशित गर्दा कसैको आस्थामाथि आक्रमण भएको मानिएन, ओलीले आक्रमण गरेको किन मानियो ? किनभने यो राजनीति हो। सिता र रामकाे जन्मभूमी भनेर माेदीसंग जनकपु-अयाेध्या बससेवा उद्घाटन गर्ने ओलीले रामबारे अहिले अर्काे कुरा किन गरे ? किनभने याे राजनीति हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

रसुवामा सुरक्षाकर्मीले पदमार्ग बनाए यसरी पठाउँदैछन् बाढी प्रभावितलाई सुरक्षित स्थानमा(फोटोफिचर)

काठमाडौं । असार २४ गते मध्यरातमा भोटेकोशीमा आएको बाढी कारण पूर्ण रुपमा बन्द

प्रविधिमैत्री बन्दै नेपाली खेलकुद : सातदोबाटोमा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ उद्घाटन(फोटोफिचर)

काठमाडौं । नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ औपचारिक

सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्