पञ्चर्‍यालीको झल्को दिने ओलीर्‍याली !



भानुभक्त आचार्य ।
झन्डै दुइतिहाइ बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थनमा देखिएका झुण्डहरुले ०४६ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले आयोजना गरेको पञ्चर्यालीको झल्को दिँदैछन् ।

फरक यत्ति हो, त्यो बेला मान्छे अलि धेरै थिए । “पञ्चायत निर्विकल्प व्यवस्था हो । यो भन्दा ठूलो लोकतन्त्र छैन भनेर” मरिचमान र अन्य पञ्चनेताहरुले भाषण गर्दै हिंडे । त्यसैबेला भारतले भएभरको बल लगाएर एकातिर नाकाबन्दी र अर्कातिर तत्कालीन सरकारको आलोचना गर्यो । रेडियो नेपालमा “मुट्ठीभर कुतत्वहरु पञ्चायती व्यवस्थाका विरुद्ध अनर्गल प्रचार गर्दै हिडेकाले आफ्ना छोराछोरीहरुलाई त्यस्तो समूहमा जान नदिन, सम्झाइबुझाइ गरिदिनुहुन आह्वान गर्दै” बारम्बार सूचना प्रसारण गरियो । प्रधानमन्त्री सिंहले देशका अलि ठूलाठालू जस्ता हरेकलाई व्यक्तिगत चिट्ठी लेखेर पञ्चायती व्यवस्थाको समर्थनमा माहौल बनाउन आग्रह गरे । अन्ततः पञ्चायत ढल्यो ।

अहिले केपी ओली गुट त्यही प्रक्रियामा छ । भारतसँगको राजनीतिक सम्बन्ध त लगभग शून्य नै छ । (नेपालको हितका लागि भारत र चीन दुवैको रणनीतिक उपयोग जरुरी छ । एउटाका पक्षमा लागेर अर्कोप्रति विषवमन होइन ।) दुईतिहाइ सरकारको रक्षार्थ केही दर्जन मानिस ठाउँठाउँमा पञ्चर्यालीमा झैं देखा परेका छन् । भ्रष्टाचारको मामिलामा ओली सरकारले सबै रेकर्ड उछिनेको छ ।

गत चुनावको घोषणापत्रमा उल्लेख गएका कुनै काम भएका छैनन् । सिद्धान्ततः आफ्नो पदभन्दा पार्टी ठूलो, पार्टी भन्दा देश ठूलो हो । अहिले त पदका लागि सबै कुरा त्याग्य ओली गुट तयार भएजस्तो देखिन्छ । केपी ओली गुटको रक्षा गर्दा गणतन्त्रै खतरामा नपरोस् ।

यो पनि

‘फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरोकार’ भन्दै काठमाडौंमा ओलीका पक्षमा प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धार्मिक पर्यटनमार्फत समृद्धिको सम्भावना

-शैलेन्द्रकुमार श्रेष्ठ नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र

५ सय र १ हजार दरका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीशबाट शपथ

वित्तीय क्षेत्रको प्रभावकारिताका लागि सुपरीवेक्षकीय क्षमतामा जोड दिन्छौंः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ