राष्ट्रपति कार्यालयको पुरानो कार्पेट यता दिने हो कि ?



राष्ट्रपति कार्यालयको कार्पेट कुनै मुद्दा होइन । त्यो फेरिनुपर्छ । तर कृपया पुरानो कार्पेटलाई फाल्नुको साटो यस्ता ठाउँमा पुऱ्याउने व्यवस्था गर्न सके वातावरण पनि जोगिन्थ्यो र नयाँ कार्पेटका लागि ढाड सेकिने गरी कर तिर्नेहरू यसरी दुई हप्तासम्म कार्डबोर्डमाथि सुत्नु पर्दैनथ्यो ।

यो प्रचण्ड गर्मीमा कम्तिमा यिनले छानोसम्म पाएका रहेछन्, कतिले खुला चहुरमा लामखुट्टे र कीरासँगै रात गुजारेका छन् ।
लोकतन्त्रमा जनता र जनप्रतिनिधिको जीवन शैली र सुविधाबीच ठूलो भेद हुनु राम्रो मानिन्न । नयाँ कार्पेट र कार्डबोर्डबीच ठूलो फ़रक छ । पुरानो कार्पेट यिनलाई दिने हो भने अलिकति समानता हुन्छ । आखिर हामी विश्वकै उत्कृष्ट समाजवादी पनि त हौं नि ।

कसैले तर्क गर्ला, कार्पेटभन्दा पहिले फेर्नुपर्ने त जनताको आङ्को लुगा पो हो ! चुहिने छानो पो हो । भोकले मरिरहेका मजदुरको कथा पो हो । सत्तरी दिन घरमा थुनेर अब कर तिर्नुस् भन्ने लोककल्याणकारी शासन हो । तर, सबै कुरा फेर्न कसले पो सक्छ र ? कम्तिमा कार्पेट त फेर्न सकिन्छ, र यो फेरिनुपर्छ । जेमा पनि विरोध गर्न हुँदैन ।

नारायण गाउँले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल