मण्डला नाटकघरले घोषणा गर्यो ११ नाटक निर्देशक



काठमाडौं । मण्डला नाटकघरले आगामी वर्ष मञ्चन हुने ११ वटा नयाँ नाटकका निर्देशकको नाम सार्वजनिक गरेको छ ।

नयाँ शृङ्खलाअन्तर्गत निर्देशकहरूले नाटक निर्देशन गर्ने र निर्माणमा मण्डलाले सघाउने नाटकघरका अध्यक्ष अभिनेता दयाहाङ राईले जानकारी दिए ।

कलात्मक विविधता, प्रयोगशीलता र सामाजिक सन्देशलाई प्राथमिकता दिँदै तयार गरिएका ती नाटकहरू आगामी साउनदेखि एक वर्ष मञ्चन हने नाटकघरले जनाएको छ ।

‘हामीले आफ्ना अग्रजबाट सिकेको सिकाइलाई नयाँपुस्तामा हस्तान्तरण गर्दैछौँ, त्यसैको एउटा प्रक्रिया पनि हो । हामीले घोषणा गरेको निर्देशकमा नयाँ पनि हुनुहुन्छ । छनोट भएका  निर्देशकहरूबाट दर्शकले पारिवारिक, प्रयोगात्मक, बालमैत्री र समुदाय केन्द्रित विषयवस्तुमा आधारित नाटक हेर्न पाउनुहुनेछ’, अध्यक्ष राईले भने  ।

घोषणा गरिएका निर्देशकहरूमा मण्डला नाटकघरको आन्तरिक समूहबाट निर्देशक बुद्धि तामाङ, सुरज यादव, उमेश तामाङ, सोमनाथ खनाल र विकास जोशी छन् । यस्तै, आमन्त्रित निर्देशकहरूमा सरस्वती चौधरी, गुञ्जन दीक्षित, सङ्गीता थापामगर, सुदीप खतिवडा, सन्दीप श्रेष्ठ र सागर खाती कामी छन् ।

अध्यक्ष राईले यसवर्ष अनुप बराल र किरण चाम्लिङ राईका नाटकहरू पनि मण्डलामा मञ्चन हुने जानकारी दिए । यसका साथै मण्डलाले टिकटको मूल्य पनि बढाएको छ ।

जसअनुसार नाटक मञ्चनको पहिलो साता विद्यार्थीका लागि ३०० रुपैयाँ र सामान्य दर्शकका लागि ५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । त्यस्तै, अन्तिम दुई हप्ताका लागि विद्यार्थीले ५०० रुपैयाँ र सामान्य दर्शकले १००० रुपैयाँ तिरेर नाटक हेर्न सक्नेछन् ।

नयाँ टिकट शुल्क निर्धारण गर्नुको कारणबारे अध्यक्ष राईले अन्तरराष्ट्रिय प्रचलन, नाटकघरको दिगोपन र दर्शकलाई सुरुमै नाटक हेर्न बानि बसाल्नु रहेको बताए ।

‘हामीले झन्डै छ वर्षदेखि शुल्क बढाएका छैनौँ । यो भइरहेको मूल्यवृद्धिका कारण हो । यसले हामीलाई उक्त शुल्क बराबरको नाटक मञ्चन गर्नुपर्ने दायित्व पनि थपेको छ । हाम्रो आयस्रोत टिकटकै रकम भएकाले हामीले अझैँ मेहनत गर्नु जरुरी छ’, अध्यक्ष राईले स्पष्ट गरे ।

शृङ्खलाअन्तर्गत आगामी जेठदेखि सोमनाथ खनालको निर्देशनमा तयार हुँदैगरेको नाटक मञ्चन हुनेछ, जसमा अभिनेता सरोज खनाल, सरिता गिरी, सरस्वती चौधरी, शुशाङ्क मैनाली लगायतले अभिनय गनेएछन् । हाल  नाटकको अभ्यास चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘केलाई हतार’ लिएर आए सुरेश

काठमाडौं । गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘केलाई हतार’ सार्वजनिक भएको छ ।

चलचित्र छायाङ्कन स्टुडियो  निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

काठमाडौँ । ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको

प्रधानमन्त्रीबाट काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपा नगरपालिका–१० मा निर्माण हुने

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली