मनिषा कोइराला भन्छिन्-नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्



काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताएकी छन् । चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरेपछि प्रतिक्रिया दिँदै उनले चलचित्रको ‘मेकिङ’, छायाङ्कन, पाश्र्वसङ्गीत, रङ्ग संयोजनलगायतका प्राविधिक विधाको तारिफ गरिन् ।

“मलाई गर्व लाग्छ की हामीले पछिल्लो समय एकपछि अर्को राम्रो चलचित्र बनाएका छौँ । यी चलचित्रले नेपालको कुनै एक कालखण्डको दस्तावेजसँगै साहित्य र चलचित्रलाई एक आपसमा जोडेको छ । कलाकारको काम प्रसंशायोग्य छ”, उनले भनिन्, “यसको छायाङ्कन, पाश्र्वसङ्गीत, निर्देशन हेर्दा हामी विश्वका चलचित्र भन्दा कमजोर छैनौं भन्ने लाग्छ ।”

साहित्यकार इन्द्रबहादुर राईको कथालाई चलचित्रमा न्यायपूर्ण तरिकाले प्रस्तुत गरेको अभिनेत्री कोइरालाले बताइन् ।

निर्देशक फुर्वाछिरिङ लामाले कथा पढेकालाई चलचित्र हेर्दा नबिझाउने किसिमले निर्माण गरिएको गरिएको बताए । “मैले यसलाई चार वर्ष लगाएर तयार गरेको हुँ । सबैले रुचाएको कथालाई चलचित्रमा प्रस्तुत गर्न मैले सक्दो कोसिस गरेको छु”, निर्देशक लामाले भने ।

चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही, अभिनेत्री गिताञ्जली थापा केन्द्रीय भूमिकामा छन् । अभिनेता शाहीले आफूले प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल प्राप्त भएको आभास भएको बताए ।

“मैले कलाकारिताको यात्रामा यस्तो मेहनत कुनै चलचित्रमा गरेको थिइँन । किनकि यो सबैको प्रिय कथा थियो र त्यो पात्रलाई पाठकले ‘इम्याजिन’ गर्नुभएकै रुपमा प्रस्तुत गर्नुथियो । अर्को तर्फ म अभिनेता मल्लसँग काम गर्दै थिएँ, जो अभिनयमा अब्बल हुनुहुन्छ”, उनले भने ।

दुईसय वर्षअघिको नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित उक्त चलचित्र यही वैशाख २६ देखि नेपालभर प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘रिमै’को फस्र्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रिमै’ आगामी भदौ २७ मा प्रदर्शन हुने भएको छ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

काठमाडौँ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो : अभिनेता दयाहाङ राई(अन्तरवार्ता)

काठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो