कास्कीको धम्पुसबाट ‘पीआर’को छायाँकन सुरु



काठमाडौं । अष्ट्रेलियापछि ‘पीआर’ को छायाँकन कास्कीको धम्पुसबाट सुरू भएको छ । निर्देशक शोभित बस्नेतको फिल्मको अष्ट्रेलियामा ६० प्रतिशत छायाँकन गरिएको थियो ।

फिल्मको छायाँकन धम्पुसकासाथै पोखरा, चितवन लगायतका ठाउँमा समेत हुने निर्माण पक्षले जनाएको छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री, आश्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा म्याक्स र नवीन घायल लगायत कलाकारको अभिनय रहने छ ।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका छन् । फिल्ममा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘केलाई हतार’ लिएर आए सुरेश

काठमाडौं । गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘केलाई हतार’ सार्वजनिक भएको छ ।

चलचित्र छायाङ्कन स्टुडियो  निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

काठमाडौँ । ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको

प्रधानमन्त्रीबाट काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपा नगरपालिका–१० मा निर्माण हुने

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली