‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र



काठमाडौं । देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्ये चलचित्र एक हो । यसले समाज र जीवनशैलीसँगै संस्कृतिलाई सङ्ग्रहित गरिरहेको हुन्छ । त्यसकारण पनि चलचित्रमा देखाइने विषयले सही सूचना दिनुपर्ने धारणा चलचित्रकर्मीहरूको छ ।

अहिले विवाहमा खुवाइने भोजको शैली परिवर्तन भइसकेको छ । पार्टी प्यालेस केन्द्रित हुने गरेको भोजको वर्तमान समयमा नेपाली ग्रामीण समुदायमा प्रचलित जन्ते बाख्रो खुवाउने परम्परामा आधारित रहेर निर्देशक सिमोश सुनुवारले चलचित्र ‘जन्ते बाख्रो’ निर्माण गरेका छन् ।

चलचित्रमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज र चलनलाई प्रस्तुत गरिएको निर्देशक सुनुवारले जानकारी दिए ।

उनले भने, “भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने यो मौलिक परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ । लोप हुन लागेको यही सुन्दर परम्परालाई ‘जन्ते बाख्रो’मार्फत दृश्यमा दस्तावेजीकरण गर्ने उद्देश्यसहित चलचित्र तयार पारेको छु । यो प्रचलनसँग जोडिएर चलचित्रको विषयवस्तु अगाडि बढेको छ ।”

उनले चलचित्रमा नेपाली ग्रामीण जीवनशैली र परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गर्नाका साथै यसलाई नयाँ पुस्ताका लागि जानकारी हुने बताए । चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन् ।

लेखक प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेखेको उक्त चलचित्रलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी जेठ २३ गतेदेखि प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘रिमै’को फस्र्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रिमै’ आगामी भदौ २७ मा प्रदर्शन हुने भएको छ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

काठमाडौँ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो : अभिनेता दयाहाङ राई(अन्तरवार्ता)

काठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो