वरिष्ठ चित्रकार शाहलाई ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान



काठमाडौँ । वानिरा फाउन्डेसनले वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई एक लाख राशिको ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान गरेको छ ।

चित्रकलामार्फत नेपालको नाम विश्वभर फैलाउन योगदान पुर्याएकाले उनलाई उक्त पुरस्कार प्रदान गरिएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । शाह ६ दशकभन्दा बढीसमयदेखि चित्रकलामा समर्पित छन् । उनका चित्रहरुमा विश्वका कला पारखी लोभिन्छन् ।

चित्रकार शाहले आफूले खासै केही काम गरे जस्तो महसुस नभएको तर यस्ता सम्मानले केही गरेको रहेछु भन्ने अनुभूति भएको प्रतिक्रिया दिए । उदले वानीरासँग आफूले गरेका सहकार्यको स्मरण गराए ।

सोही समारोहमा एक लाख राशिकै ‘वानीरा प्रज्ञा पुरस्कार’ साहित्यकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । पाँडेका नेपालीमा ५० र अंग्रेजीमा ४० वटा कृति प्रकाशित भइसकेका छन् ।

उनले प्राप्त पुरस्कार रकम कोष बनाएर साहित्य प्रवद्र्धनका लागि लगानी गर्ने घोषाण गरे । सोही समारोहमा ५० हजार राशिको ‘वानीरा पुरस्कार’ भने कवि तथा साहित्यकार कृष्ण बाउसेलाई प्रदान गरिएको छ ।

उनले नेपाली साहित्यमा वानीराको योगदान महत्त्वपूर्ण रहेको र उनको नाममा स्थापित पुरस्कार पाउँदा खुसी भएको बताए ।

डा वानीरा गिरीका कविता, निबन्ध र उपन्यास गरेर तेह्रवटा कृति प्रकाशित छन् । उनका  कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । २००१ साल वैशाख १३ गते दार्जिलिङको खरसाङमा जन्मिएकी वानीरा गिरीको २०७८ साल जेठ ९ गते निधन भएको थियो ।

उनको सम्झनामा श्रीमान् शङ्कर गिरीले फाउन्डेसन बनाएर सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र छायाङ्कन स्टुडियो  निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

काठमाडौँ । ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको

प्रधानमन्त्रीबाट काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपा नगरपालिका–१० मा निर्माण हुने

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली

याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको