वरिष्ठ हास्य कलाकार जगदीपको निधन,



चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो । बिहीबार उनको अन्त्येष्टि गरिने छ । जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् । उनले चार सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम फिल्म हो, जसमा उनले प्रहरीको भूमिका निर्वाह गरेका छन् । सन् १९७५ मा बनेको शोले फिल्ममा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनी बलिउडमा चर्चित बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार

एलिनाले भनिन्,-गाली गरेर टिप्पणी गर्नेहरु माफ मागिरहेका छन्

काठमाडौं । ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था

राष्ट्रभाव झल्कने सातै प्रदेशका गीत सार्वजनिक

काठमाडौँ ।  नेपाल सङ्गीत तथा नाट्य–प्रतिष्ठानले राष्ट्रियता झल्किने सात प्रदेशका उत्कृष्ट सात गीत

यसवर्षको छिन्नलता गीत पुरस्कार गीतकार राजेन्द्र रिजाललाई प्रदान

काठमाडौं । यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ