महानायक राजेश हमाललाई साधना कला केन्द्रको सम्मान



काठमाठाैं । नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई  एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ ।

करीब ३०० चलचित्रमा अभिनय गरिसकेका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो ।

केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।

सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन् । भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलबारीमा आयोजित अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विद्यार्थीको आकर्षण

मोरङ । बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्

प्रकाश सपुतको ‘वसन्त’ को ट्रेलर सार्वजनिक

काठमाडौं । गायक तथा नायक प्रकाश सपुतको निर्देशनमा बनेको पहिलो फिल्म ‘वसन्त’ ट्रेलर

नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

भेषराज कार्की, काठमाडौं ।  केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय