नयाँ सरकारले गर्नुपर्ने काम



शारदाप्रसाद त्रिताल ।

नयाँ सरकारलाई कार्यसफलताको शुभकामना !

. एउटै दलको झण्डै दुई तिहाइको सरकारको हालत देखेका हामी नेपालीहरु धेरै आशावादी हुने ठाउँ छैन तापनि सरकारले राम्रो काम गरिदिए हुन्थ्यो भन्ने त हुन्छ नै ।

. डेढ वर्षपछि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुने भएकोले यो सरकारले दिल फुकाएर काम गर्ने भनेको १ वर्ष मात्र हो त्यसपछि निर्वाचन आचारसंहिता लाग्छ । अझ स्थानीय तहको निर्वाचन त्यो भन्दा अगाडि नै हुने होला । अनि त्यता ध्यान दिनुपर्दा त अव ६ महिना मात्र हो मज्जाले काम गर्ने ।

. यो सरकारले गर्ने काम सीमित छन् तर महत्वपूर्ण छन् ।
पहिलो त कोभिड १९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने कार्यमा जिम्मेवारीपूर्वक अघि बढ्नु नै हो ।

दोस्रो, देशमा शान्ति सुव्यवस्था कायम गर्ने काम हो जुन नियमित तर सधैं सम्वेदनशिल हुने गर्छ ।

तेस्रो, विपद व्यवस्थापनको क्षेत्र असाध्यै कमजोर बनाइएको छ यसमा विशेष चासो राखेर काम गरिदिए हुन्थ्यो ।

चौथो, सरकारी साधनस्रोतको असाध्यै दुरुपयोग भइरहेको छ केही हदसम्म नियन्त्रण गरिदिए हुन्थ्यो (विगतका कार्यकालहरु मतिव्ययिता कायम गर्ने सम्बन्धमा निराशाजनक भएको अनुभव छ ) । सार्वजनिक जग्गा जमिन तथा प्राकृतिक स्रोतहरुको अति नै दुरुपयोग भएको छ जसको नियन्त्रणलाई प्राथमिकतामा राखिदए हुन्थ्यो ।

पाँचौं, भ्रष्टाचार नियन्त्रणको विषय पनि महत्वपूर्ण छ तर संयुक्त सरकारको कार्यकालमा यो सम्भावना होला भन्ने आशा ……

छैटौं, प्रशासनमा सुधार गर्ने विषयमा ध्यान दिए हुन्थ्यो ।

सातौं, चालु विकास निर्माणका कामहरुलाई निरन्तरता दिनु नै पर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्

सरकारको नेतृत्व गरेदेखि अध्यक्ष ओलीको लोकप्रियता झनै बढ्योः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको १०औंँ राष्ट्रिय महाधिवेशनले

हस्ताक्षरपछि मनिषाले भनिन्-पक्कै पनि रविमाथि राज्यबाट दुर्व्यवहार भइरहेको छ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर

‘सुप्राग्लेशियल’ ताल फुट्दा रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित