आगामी चुनाव गॉजाको समर्थनमा नै हुनेवाला छ



भीम उपाध्याय ।
अर्ग्यानिक केमिष्ट्रीको सामान्य ज्ञान हुनेले सजिलै बुझ्न सक्छन्, कुनै पनि वनस्पतिमा भएको कुनै पनि रसायनिक कम्पाउण्ड सजिलै निकाल्न(Extraction) गर्न सकिन्छ। त्यो निकालिएको केमिकलको प्रयोग केमा गर्ने हो त्यसका लागि Extraction लागत सुपथ हुन्छ कि हुदैन त्यो भने अर्को कुरा हो। गॉजामा ५०० रसायन हुन्छन्, सबै भन्दा चर्चित THC र CBD हुन्। यसबाहेक १०० वटा गॉजाजस्तै क्यानाबिन्वाईड रसायन हुन्छन्। अहिले अत्याधुनिक मसिनबाट जुन सुकै रसायन पनि सजिलै Extraction गर्न सकिन्छ। यो मसिन जापानले बनाएको छ। नेपालमा गॉजा वैधानिक हुनासाथ यस्ता मसिनसहितको कारखाना र बैदेशिक अर्बौंको लगानी ओईरिने छ।

गॉजा वैधानिक गर्नुको मूख्य लक्ष नेपालका सबै कुना काप्चाका गरिब किसानलाई २,३ वर्षमा लाखौपति बनाउने हो। गॉजाको आम्दानीबाट खर्बौँको कर जम्मा गरेर गाउँका गरिब जनतालाई शिक्षा र स्वास्थ्यमा लगानी गर्ने हो र यो गर्नैपर्छ, हुनैपर्छ। आम्दानीको निश्चित रकम सुरक्षा र जनचेतनामा खर्च गरेर सामाजिक सुरक्ष सुनिश्चित गर्दै लाखौँलाई कुना कुना, गाउँगाउँ घरघरमै बसेर रोजगारी दिलाउने हो। विदेशमा मजदूरी गरिरहेका लाखौँ युवाहरूलाई स्वदेश फर्कने वातावरण बनाउदै घरपरिवारसंगै बस्ने हेरचाह गर्ने स्वरोजगारी सिर्जना गरेर धनि हुने अभूतपूर्व अवसर दिलाउने हो। कोभिले थिलो पारिसकेको र पार्दै गरेको यो बेला हाम्रै ऑगनको गॉजा भगवानको रूपमा घरमै पसेर हाम्रो कल्याण गर्नेछ, केवल हामीले भगवानका लागि आफ्नो ढोका खोल्नु मात्र पर्छ।

अब आउने चुनावमा संभवत: सबै दलको गॉजा नं १ एजेण्डा बन्नेछ, यसमै कम्पिटिशन हुनेवाला छ। म तिनै नेता र दललाई भोट हाल्न आह्वान गर्नेछु जसले गॉजालाई समर्थन गरेर प्रमूख एजेण्डा बनाई चुनावी मैदानमा उत्रनेछन्। गॉजाको बिरोध गर्ने वा मौन बिरोधमा बस्ने उम्मेदवारलाई हराउनुपर्छ भन्नेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्टकमा भएको मल खेतमा बाली डढुन्जेलसम्म किसानले किन पाउदैनन् त ?’

-जेपी गुप्ता । ‘यथेष्ट विद्युत उत्पादन नहुनु वा यसको अभाव नै रसायनिक मल

अध्यात्मको मार्गमा गुरु किन चाहिन्छ ?

अध्यात्म विकासमा गुरुको मार्गनिर्देशन चाहिनुमा खास कारण छ । भौतिक जगतको जीवन राजमार्ग

पतञ्जली भ्रष्टाचार प्रकरणमा अख्तियारका दुई सन्देश

-शारदाप्रसाद त्रिताल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रे जिल्लाको पतञ्जलीको जग्गा सम्बन्धी प्रकरणमा

देखेको हैदराबाद, भोगेको नेपाल

-टिकाराम सुनार  भारतको दक्षिण–मध्यभागमा अवस्थित तेलङ्गना राज्य सन् २०१४ जुन २ मा जन्मिएको